जनता चुस्ने किर्नाहरु - सम्पादकीय

नेपाली कर्मचारी वृत्तमा सुडान घोटालाको धब्बा एउटा गम्भीर सर्वाधिक चर्चित भ्रष्टाचार हो । अझ मुलुकको अस्तित्व र छवि प्रस्तुत गर्ने मानेमा संयुक्त राष्ट्रसंघको शान्ति मिसनका लागि नेपाल प्रहरीको अधिकृत नेतृत्वको टोली समावेश भएको सुडानमा प्रहरीका उच्च अधिकृतहरुको भ्रष्ट अनुहार चित्रित हुनु उनीहरुको प्रत्यक्ष संलग्नता र भ्रष्टाचारलाई मौलाउन दिने गरी भूमिका निर्वाह हुनु जस्ता कार्यले सुडान घोटाला अन्तर्राष्ट्रिय स्तरमै चर्चित र कुख्यात भ्रष्टाचार बनेको छ ।
भर्खरै विशेष अदालतले सुडान घोटालाबारे फैसला गरेको छ । उक्त फैसला अनुसार नेपाल प्रहरीका तीन जना तत्कालीन नेतृत्वहरुलाई दोषी ठहर गर्दै कैद सजाय र जरिवानाको फैसला सुनाइसकेको छ ।
उक्त प्रकरणमा दोषी रहेको भन्दै गत जेठ २४ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व महारिरीक्षकहरु ओमविक्रम राणा हेम गरुङ र रमेशचन्द्र ठकुरीलाई दोषी ठहर गर्दै सजाय र फैसला सुनाएको छ । तीनै महानिरीक्षकहरुलाई कसुर अनुसार जरिवाना तोकिएको हो । तीनै महानिरीक्षकहरुलाई कसुर अनुसार जरिवाना तोकिएको छ भने सजायका हकमा २÷२ वर्ष कैदको फैसला गरेको छ । अदालतले उनीहरुसँगै तानिएका अन्य ३१ जना प्रहरी अधिकृत सहितका आरोपितहरुलाई भने सफाई दिएको छ । त्यस्तै अदालतले सुडान घोटालाका लागि नेपाल प्रहरीका लागि शान्ति मिसनमा आवश्यक एपीसी लगायतका अत्यावश्यक बन्दोबस्तीका सामान बिक्री गर्ने बेलायति कम्पनीका ठेकेदार माइकल राइडरलाई जरिवाना बिगो र दुई वर्ष कैदको फैसला सुनाएको छ भने उनका एजेन्ट नेपाली नागरिक शम्भु भारतीलाई जरिवाना बिगो र १ वर्ष कैदको फैसला सुनाएको छ ।
कूल २८ करोड ८१ लाख ६१ हजार ६ सय २९ रुपैयाँ २० पैसा सो घोटालामा भ्रष्टाचार भएको अख्तियारको दावी उपर विशेष अदालतले गरेको फैसला यतिबेलाको ताजा बहस हो । विशेष अदालतले शुक्रबार गरेको निर्णय अनुसार कार्वाही प्रकि्रया अघि बढ्दा अभयिुक्त ठहर भएका तीन पूर्व प्रहरी महानिरीक्षकहरु उपर २÷२ वर्ष बेलायतका ठेकेदार माइकल राइडरलाई २ वर्ष र उनका एजेन्ट उपर १ वर्ष जेल सजायका अतिरिक्त जरिवाना र बिगो रकम स्वरुप कूल १ अर्ब १३ करोड ६० लाख ७० रुपैयाँ समेत असुल उपर गर्ने निर्णय दिएको छ । न्यायिक सर्वोच्चतालाई स्वीकार गरिएको मुलुकमा कसुरदार ठहर् याइएका व्यक्तिहरुलाई स्वाभाविक रुपमा सर्वोच्च अदालत पुगेर अन्तिम सफाइको मौका बाहेक अरु विकल्प सकिएका छन् ।
राज्यको कर्मचारीतन्त्र कति स्वच्छ पारदर्शी र इमान्दार संरचनाबाट हाँकिएको छ भन्ने प्रमाण सुडान काण्ड हो । त्यस्तै यस्ता हतकण्डाहरुमा भागी बस्ने आमुक राजनीतिक उच्च तहका नेतागणहरु यो काण्डाबाट बाँचेका अवश्य छन् तथापि चोखा स्निघ्ध भने छैनन् । जनताले खुन-पसिना एक गरेर तिेको कर माथि र् याल चुहाउने किर्ने प्रवृत्तिका उच्च ओहदाका हाक्किमाहरुकै कारण मुलुक र मुलुकका जनता चुसिएका छन् । यो यथार्थ पुष्टि गर्न सुडान काण्ड एउटा सामान्य नमूना र उदाहरण हो ।

0 प्रतिकृया:

Post a Comment