आधिकारिकताको विवाद नगर्न आग्रह

दमक/ म~ाच सम्वद्ध संघीय लिम्बुवान राज्य परिषद्ले संघीय लोकतान्त्रिक राष्ट्रिय माचको आधिकारिकताको विषयमा अनावश्यक विवाद नगर्न आग्रह गरेको छ ।
निर्वाचन आयोगले कुमार लिङ्देन अध्यक्ष रहेको माच सम्वद्ध संघीय लिम्बुवान राज्य परिषद्लाई माचको आधिकारिकता प्रदान गरेपछि माचमा अवद्ध अन्य परिषद्हरुले यसको विरोध गर्दै आएका छन् । मंगलबार झापाको दमकमा पत्रकार सम्मेलन गरी लिङ्देन समूहले यस्तो आग्रह गरेको हो ।
सम्मेलनमा सहभागी माचसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्का वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङले कानुनी मान्यताको आधारमा समेत आफूहरु माचको आधिकारिक परिषद् लिम्बुवान नै रहेको धारणा राखे । गुरुङले भने -ुमाच र परिषद्बाट कार्बाही गरिएका व्यक्तिहरुको झुण्डले आफूलाई अनुकूलताका लागि माचको नेता दाबी गर्छन् तर त्यो भ्रममा नपर्नुस् आधिकारिक माच हामी नै हौं ।ु
लिङ्देन नेतृत्वको परिषद् माचको आधिकारिक नभएको भन्दै इन्द्रहाङ खम्बू नेतृत्वको माचका सम्बद्ध लिम्बुवानका महासचिव सूर्य माखिम खम्बुवानका अध्यक्ष तथा माचका अध्यक्ष इन्द्रहाङ खम्बू तामसालिङ् थरुहट लगायतका नेताहरुले केही दिन अघि दमकमा पत्रकार सम्मेलन गर्दै जानकारी गराएका थिए । माचको आधिकारिकता बारेमा माघ ११ गते निर्वाचन आयोगलॆ लिङ्देन समूहको आधिकारिकता बारेको निर्णयमा
पुनर्विचारको माग गर्दै खम्बू पक्षले सर्वोच्चमा गत माघ १४ गते रिट समेत हालेका थिए । अन्य परिषद्हरुको रिटपछि सर्वोच्चले समेत आधिकारिकताको विषयमा पुनर्विचार गर्न निर्वाचन आयोगलाई निर्देशन दिइसकेको छ ।

0 प्रतिकृया:

Post a Comment