प्रथम शहिद थापाको स्मृतिमा कार्यक्रम

माइधार/ नेपालका प्रथम सहिद लखन थापा मगरको १ सय ८८ औँ स्मृति दिवसका अवसरमा मंगलबार माइधारमा कार्यक्रम सम्पन्न गरिएको छ ।
नेपाल मगर संघ झापाले आयोजना गरेको कार्यक्रममा सहिद थापाको तस्वीरमा माल्यार्पण गरी उनको स्मृति गरिएको थियो । कार्यक्रममा संघका केन्द्रीय सदस्य बिसन थापा मगरको प्रमुख आतिथ्य रहेको थियो ।
सहिद थापाको स्मृतिमा नेपाल आदिवासी जनजाति महासंघ झापाका पूर्व अध्यक्ष शिवशंकर थापामगर महासंघका सचिव शम्भु थापा मगर र संघका दमक नगर अध्यक्ष वेद थापा मगर लगायतले बोलेका थिए । संघका झापा अध्यक्ष परशुराम थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव कैलाश थापा मगरको साचालन रहेको थियो ।

0 प्रतिकृया:

Post a Comment