घाइतेको अवस्था नाजुक

चुलाचुली/ सोमबार इलामको चुलाचुली-७ मा खुकुरी प्रहारबाट गम्भीर घाइते बनेका भारतीयमूलका अमरनाथ स्वामीको उपचारमा समस्या भएपछि स्थिति नाजुक बन्दै गएको छ ।
कमजोर आर्थिक अवस्थाका स्वामीको दमकस्थित आम्दा अस्पतालमा उपचार हुन नसक्ने भन्दै रेफर गरिएको भए पनि उपचारका लागि अन्यत्र लान नसकिएको चुलाचुली प्रहरीको भनाई छ ।
चुलाचुली प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक चतुर्भुज घिमिरेले स्वामीको थप उपचारका लागि आर्थिक अभाव रहेको बताए । उनले स्वामीलाई खुकुरी प्रहार गर्ने मध्येका भीम आङ्थुपोलाई मंगलबार जिल्ला प्रहरी कार्यालय इलाम पठाइएको बताए । त्यस्तै मंगलबार राति पक्राउ परेका अर्का अमर लावतीलाई भने अनुसन्धानका क्रममा निर्दोष पाइएकाले छाडिएको छ । सो घटनाका अर्का आरोपित चुलाचुली-९ का विजय राई भने फरार रहेको प्रहरीले जनाएको छ । उनको खोजी कार्य जारी रहेको बताइएको छ ।

0 प्रतिकृया:

Post a Comment