लागु औषध सहित पक्राउ

इटहरी/  लागुऔषध सहित प्रहरीले सुनसरीको हरीपुर-८ बाट एक जनालाई नियन्त्रणमा लिएको छ ।
शंकास्पद अवस्थामा भेटिएका सप्तरी फत्तेपुर-३ का २९ वर्षीय मनोज श्रेष्ठको शरीर खानतलासी गर्दा ज्याकेटको खल्तिबाट बिभिन्न प्रकारका ३० एम्पुल लागु औषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनलाई लागु औषध मुद्दामा अनुसन्धान भइरहेको जनाईएको छ ।

0 प्रतिकृया:

Post a Comment