युवकको हत्या

उर्लाबारी/ उत्तरपूर्वी मोरङको लेटाङमा सोमबार राती अज्ञात समूहले एक युवाको हत्या गरेको छ । लेटाङ ४ खेरुवाका ३९ बर्षीय राजमणि राईको लेटाङ ७ स्थित चिसाङ खोलामा धारिलो हतियार प्रयोग गरी हत्या भएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।
कानेपोखरीबाट चिसाङ खोलाको बाटो हुँदै मोटरसाइकलमा घरतर्फ गएको अवस्थामा अज्ञात समूहले उनीमाथि आक्रमण गरेको थियो । उनको टाउको र हातमा गहिरो चोट लागेको छ । घटनास्थलमा २ वटा खुकुरी फेला परेकाले समूहले रिसिबीका कारण हत्या गरेको प्रहरीको अनुमान छ ।

0 प्रतिकृया:

Post a Comment