तत्काललाई टर् यो खतरा

काठमाडौं/ कालो धनलाई सेतो बनाउन रोक्ने कानुन निर्धारित समयमै पारित नगरे पनि नेपाल तत्कालै कालो सूची नकरात्मक सूची मा नपर्ने भएको छ ।
मुद्दा निर्मलिकरण अनुगमन गर्न बनेको अन्तरसहकारी बित्तीय कार्यदल एफटीएफले सोमबारसम्म कानुन पारित गर्न समय दिएको भएपनि सत्ताधारी एकीकृत नेकपा माओवादीको वैद्य पक्षले बिरोध गरेका कारण कानुन पारित हुन सकेको थिएन ।
यसरी समयमै कानुन पारित गर्न नसक्ने मुलुकलाई नकरात्मक सूचीमा पार्ने एफटीएफको प्रचलन रहेपनि नेपालले कुटनीतिक पहल गरी थप समय मागेका कारण तत्काल नकरात्मक सूचीमा नपर्ने निश्चित भएको उच्च सरकारी स्रोतको दाबी छ ।
ुनेपालले कानुन पारित गर्न चाहेपनि समयमै कार्यसम्पन्न हुन नसक्नुको कठिनाइबारे एफटीएफलाई जानकारी गराइएको छु-सरकारी स्रोतले भन्यो- ुप्रधानमन्त्रीकै तहबाट सो पहल भएकाले कानुन पास गर्न थप केही महिनाको समय नेपालले पाउने निश्चित जस्तै छ ।ु
एफटीएफको बैठक अहिले फान्सको राजधानी पेरिसमा बसिरहेको छ जसमा नेपालका तर्फबाट राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारीले प्रतिनिधित्व गरेका छन् ।
नेपाल नकरात्मक सूचीमा परेमा तत्कालै हटाउन असम्भव हुने र नेपालले अन्तराष्ट्रिय ब्यापारमा घाटा बेहोर्नुपर्ने अवस्था थियो । सदनमा कानुनको मस्यौदा पेश भइसकेको र यथासम्भव छिटो कानुन पारित हुने प्रधानमन्त्रीले कुटनीतिक च्यानलमार्फत प्रतिबद्धता जनाएपछि तत्काल नकारात्मक सूचीमा पर्ने खतरा टरेको स्रोतको दाबी छ ।

0 प्रतिकृया:

Post a Comment