केन्द्रको महिला शिक्षा शुरु

दमक/ दमक-१६ मा मंगलबारदेखि महिला शिक्षा दोस्रो कक्षा कार्यक्रम सुरु गरिएको छ ।
सानो बाह्रघरे सामुदायिक अध्ययन केन्द्र दमक-१८ ले ताराबारीमा सुरु गरेको सो कार्यक्रममा सहभागी २० जना महिलाहरुलाई शैक्षिक सामग्री समेत वितरण गरिएको केन्द्रका सचिव कुँवेर भट्टराईले बताए ।
स्थानीय अगुवाहरुको उपस्थितिमा उद्घाटन गरिएको सो कार्यक्रममा ६ महिना अवधिमा प्रत्येक दिन सहभागी महिलाहरुले दुई रुपैयाँ बचत गर्नुपर्ने र केन्द्रका तर्फबाट कूल बचत रकम बराबर थप सहयोग गरिने भट्टराईले जानकारी दिए । सो बचत रकमले महिलाहरुको आर्थिक सुधारका कार्यमा सहयोग मिल्ने बताइएको छ ।

0 प्रतिकृया:

Post a Comment