आजबाट 'पोष्ट अपरेटीभ सर्भिलेन्स'

सुरु·ा/ ब्ार्डफ्लु प्रमाणित भएका झापाका स्थानहरुमा आजबाट ुपोष्ट अपरेटीभ सर्भिलेन्सु शुरु गरिँदैछ ।
सो अन्तर्गत कुखुराका खोरहरु सफा गरिने तथा पन्छी बिक्री तथा ओसार पसारका लागि निषेध गरिएका स्थानहरुको अनुगमन गरिने जिल्ला पशुसेवा कार्यालयले जनाएको छ ।
३ दिन अघि जिल्लाको पूर्वी क्षेत्रहरु अर्जुनधारा चारपाने र पाठामारीमा वर्डफ्लु पुष्टि भएको थियो । चारपाने-३ का देवेन्द्र किसानले पालेको लेयस्र तथा अर्जुनधारा-७ का गोपालप्रसाद ओली र पाठामारी-१ का निजाम मिया र कौसर मियाले पालेका कुखुरामा वर्ड फ्लु पुष्टि भएको हो । उच्च जोखिम भएका स्थानहरुका कुखुरा तथा
कुखुराजन्य बस्तु नष्ट गरिएको कार्यालय प्रमुख राधेश्याम मण्डलले जानकारी दिए । तीनवटै स्थानमा १५÷१६ जनाको टोली खटिएको थियो ।
यसैबीच दक्षिणी गाविसहरु टागनडुब्बा र कुमरखोदमा समेत ५० भन्दा बढी कुखुरा मरेका छन् । ति स्थानहरुको निगरानीका लागि स्थानीय पशुसेवा केन्द्र तथा उपकेन्द्रलाई निर्देशन दिईएको पशुसेवा कार्यालयले जनाएको छ । ति स्थानमा आज कार्यालयको टोलीले समेत अनुगमन तथा निरीक्षण गर्ने जनाइएको छ ।
यस्तै छिमेकी जिल्लामा बर्डफ्लुको संत्रास बढेपछि पशुसेवा कार्यालय संखुवासभाले पंक्षीजन्य वस्तु आयातमा रोक लगाएको छ ।
मंगलबार प्रमुख जिल्ला अधिकारी होमबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले तामाफोकको मुढे र तुम्लिङटारबाट सदरमुकाम खाँदबारी भित्रिने यातायातका साधनमा पंक्षीजन्य वस्तु आयातमा रोक लगाउने निर्णय गरेको छ ।

0 प्रतिकृया:

Post a Comment