आज नयाँ नेतृत्व चयन

उर्लाबारी/ धिमाल जाति विकास केन्द्रको अधिवेशन नयाँ नेतृत्व चयन गर्दै आज सकिदैछ ।
सोमबारबाट शुरु अधिवेशनको दोश्रो दिन महासचिव नम्बरलाल धिमालको सांगठानिक तथा कोषाध्यक्ष अमरबहादुर धिमालको आर्थिक प्रतिवेदन सुझाव सहित पारित गरिएको छ ।
यस्तै उपाध्यक्ष कुमार धिमालले पेश गरेको बिधान संशोधन प्रतिवेदन समेत सुझावसहित पारित भएको छ । अधिवेशनले आर्थिक नियमावली र निर्वाचन नियमावली समेत सर्वसम्मत पारित गरेको जनाईएको छ ।
नयाँ नेतृत्व चयनका लागि अध्यक्षमा नगेन्द्र धिमाल र महासचिवमा कुमार धिमालको उमेद्वारी रहने र मंगलबार राति अबेरसम्म अन्यले उमेद्वारी घोषणा नगरेको जनाइएको छ । आज १० बजेबाट निर्वाचन कार्यक्रम शुरु हुने महासभा सदस्य अजित धिमालले जानकारी दिए ।

0 प्रतिकृया:

Post a Comment