पुराणमा ८ लाख

केर्खा/ झापाको तोपगाछी-७ स्थित केर्खा बजारमा एम्बुलेन्स खरिदका लागि माघ २५ गतेदेखि जारी पुराणमा ८ लाख रुपैयाँ बढी आर्थिक सहयोग संकलन भएको बताइएको छ ।
स्थानीय सुनचाँदी व्यवसायी रमेश गहतराजले सर्वाधिक ६१ हजार रुपैयाँ बढी आर्थिक सहयोग गरेका छन् भने अन्य व्यवसायीहरु बीरबहादुर रामदाम र राजकुमार रामदामले क्रमशः ५५ हजार ५ सय ५५ रुपैयाँ र ५१ हजार १ सय ५१ रुपैयाँ आर्थिक सहयोग गरेको पुराण आयोजक मूल समितिका संयोजक कृष्णप्रसाद ढकालले जानकारी दिए ।
केर्खा बजारमा अवस्थित दुर्गा मन्दिर परिसरमा आयोजित पुराण आज बुधबार समापन हुँदैछ । पुराणबाट प्राप्त आर्थिक स्रोतले एम्बुलेन्स खरिद ३० वर्ष पूरानो मन्दिर पुनर्निर्माण र मन्दिर साचालनका लागि अक्षयकोष स्थापनाको लक्ष्य रहेको दुर्गा मन्दिर संरक्षण समितिका अध्यक्ष बीरध्वज बिष्टले बताए ।
पुराणमा संकलित आर्थिक स्रोतले सबै लक्ष्य पूरा हुन नसकेको समितिका सल्लाहकार एलबी पौडेलले बताए । पौडेलका अनुसार अन्य दाता र शुभेच्छुकहरुबाट भौतिक र आर्थिक सहयोगको आश्वासन प्राप्त भएकाले समितिको लक्ष्य पूरा हुनेछ ।

0 प्रतिकृया:

Post a Comment