पत~ाजली योग समिति गठन

सुरु·ा/ झापाको सुरुङ्गामा पताजलि योग समिति झापाको तदर्थ समिति गठन भएको छ । मंगलबार भएको भेलाले योग प्रशिक्षक लक्ष्मी काफ्लेको अध्यक्षतामा पताजली योग समिति झापाको तदर्थ समिति गठन गरिएको हॊ ।
कोटिहोमा जिल्ला भरीका योग शिक्षकहरुको भेलाले तदर्थ समिति गठन गरेको हो । पताजलि योग समितिका केन्द्रीय प्रभारी लवदेव मिश्रको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बक्ताहरुले योगको महत्व र शारिरीक योगका बिषयमा बोलेका थिए । कार्यक्रममा योग समितिका पूर्वााचल प्रभारी गंगा ढकाल समितिका झापाका संरक्षक गणेश बस्नेत कोशी प्रभारी प्रेमकुमार शोनी लगायतले योगले जिवनमा पार्ने प्रभावका बिषयमा बोलेका थिए ।
कार्यक्रममा २ सय ३० जना यॊग शिक्षकलाई परिचय पत्र बाँडिएको थियो । त्यसैगरी पताजलि योग समिति दमक तदर्थ समिति गठन गरिएको छ । हरिप्रसाद न्यौपानेको अध्यक्षतामा गठित समितिमा मीना कोइराला पदम पौडेल अम्बिका खनाल मीना मगर यशोदा मैनाली लिला भारती सदस्य रहेका छन् ।

0 प्रतिकृया:

Post a Comment