मुख्य कारक माओवादी

बिर्तामोड/ राप्रपाका अध्यक्ष पशुपति शमशेर राणाले शान्ति प्रकृया र संविधान लेखनले गति लिन नसक्नुको मुख्य कारक एनेकपा माओवादी भएको आरोप लगाएका छन् ।
बिर्तामोडमा मंगलबार भएको कार्यकर्ता भेटघाटमा उनले माओवादी नेतृत्वको सरकारले गरेका निर्णय बारम्बार विवादमा पर्नुले यसको पुष्टि गर्ने उनको भनाई थियो । उसको पार्टीभित्रको बिवादको घानमा शान्ति प्रकृया र संविधान लेखेको जनाउँदै उनले यहि सरकार रहि रहे निर्धारित समयमा संविधान लेखन पूरा नहुने खतरा बढेको बताए ।

एमाओवादी नेपाली कांग्रेस र नेकपा एमालेमा संविधान सभाको म्याद बढाउने चाहना रहेको उल्लेख गर्दै नेता राणाले राज्यको पुनसर्ंरचनाका क्रममा बढीमा ७ राज्यमात्र उपयुक्त हुने बताए । राज्य बिभाजन गर्दा जातीय आधारमा नभई प्राकृतिक श्रोत साधन भौगोलिकता लगायका आधार बनाईनुपर्ने उनले बताए ।
उनले पाँचथर जिल्ला सम्मेलनलाई सम्बोधनका लागि आउने क्रममा झापाका कार्यकर्ताहरुलाई सम्बोधन गरेको जिल्ला सचिव जयबहादुर श्रेष्ठले बताए ।

0 प्रतिकृया:

Post a Comment