सचेतना शिक्षा दिइयो

दमक/ झापाको दमक-१९ स्थित सिहंदेवी उच्च माबिका बिद्यार्थीहरुलाई मानवअधिकार सम्बन्धी सचेतना शिक्षा दिइएको छ ।
इन्सेक झापाको आयोजनामा उच्च माध्यामिक विद्यालयका बिद्यार्थीहरुलाई मानवअधिकार व्यक्तिगत अधिकार लगायतका बिषयमा जानकारी दिइएको थियो । इन्सेक झापाका संयोजक लक्ष्मी निरौलाले अन्तर्राष्ट्रिय मानवीय कानुन मानवअधिकार सम्बन्धी बिश्वव्यापी घोषणापत्र लगायतका बिषयमा प्रशिक्षण दिएका थिए ।
उनले बाल अधिकार यौनिक अधिकार लैगिक हिसाका बारेमा समेत बिद्यार्थीहरुलाई जानकारी दिएका थिए । कार्यक्रममा बिद्यालयका प्रचार्य रुद्र सुवेदीले बिद्यार्थीहरुलाई मानवअधिकारको कक्षा उपयोगी र प्रभावकारी भएको बताएका थिए । कार्यक्रममा बिद्यालयका ८० बढी बिद्यार्थीहरु सहभागी रहेका थिए ।

0 प्रतिकृया:

Post a Comment