दमक-१९ मा पुराण

दमक/ झापाको दमक-१९ स्थित शान्ति टोलमा मंगलबार निलकण्ठेश्वर शिव पााचायन मन्दिर उद्घाटन तथा श्रीमद् भागवत सप्ताह महापुराण उद्घाटन गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा दमक नगरपालिकाका कार्यकारी अधिकृत पशुपति खतिवडाले मन्दिर उद्घाटन गरेका थिए । कार्यक्रममा एमाले दमक नगर कमिटी अध्यक्ष अम्बिका खनाल खगेन्द्र न्यौपाने बोधराज न्यौपाने सन्तमहाराज कैलाश गिरी लगायतको उपस्थिति रहेको थियो ।
सो कार्यक्रमका बीच मन्दिर निर्माण समितिका सचिव वेदप्रसाद गौतमले मन्दिर निर्माणको लागत ५ लाख ३७ हजार ६ सय ९२ रुपैयाँ दाताहरुबाट प्र्राप्त ३ लाख ३५ हजार ७ सय ७३ रुपैयाँ सहयोग र ऋण स्वरुप २ लाख १ हजार ९ सय १९ रुपैयाँ रहेको प्रतिवेदन पेश गरेका थिए । ऋण तिर्न र अतिथि भवन निर्माणका लागि पुराण आयोजना गरिएको समितिका अध्यक्ष चन्द्रप्रसाद अधिकारीले बताए । कार्यक्रममा अर्जुन रेग्मीको साचालन रहेको थियो ।

0 प्रतिकृया:

Post a Comment