जनआदर्शको अध्यक्षतामा खनाल

जनआदर्शको अध्यक्षतामा खनाल
शिवगाज÷ यहाँ स्थित जनअदर्श उच्च माविको व्यवस्थापन समितिको अध्यक्षमा बद्री खनाल विजयी भएका छन् । 
बिहीबार राती अबेर सार्वजनिक गरिएको मत परिणाम अनुसार खनालले २३८ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राजनारायण राजवंशीले २०३ र अर्का प्रतिद्वन्द्वी भीम प्रसाद ताजपुरियाले १७८ मत ल्याएका छन् । त्यसैगरी महिला सदस्यमा गोमादेवी अधिकारी ३४२ मत ल्याएर विजयी भएकी छिन् । उनकी प्रतिद्वन्द्वी तारिका कार्कीले २३५ मत ल्याएकी छिन् ।
त्यस्तै अन्य दुईजना सदस्यहरुमा मनोज ताजपुरिया २५२ र पल्टन ताजपुरिया २१५ मत ल्याएर विजयी भएका छन् । अध्यक्षमा निर्वाचित खनाल झापा उद्योग बाणिज्य संघ शिवगाज शाखाका उपाध्यक्ष समेत हुन उनलाई सो निर्वाचनमा नेकपा एमालेको समर्थन रहेको बताइएको छ । त्यस्तै उनका निकटतम प्रतिद्वन्द्वी राजवंशीलाई एकीकृत माओवादीको समर्थन रहेको थियो । भने अर्का प्रतिद्वन्द्वी ताजपुरियालाई नेपाली कांग्रेसको समर्थन रहेको थियो । 
व्यवस्थापन समिति चयनका लागि बिहीबार भएको निर्वाचनमा कूल एक हजार ६८ अभिभावक मध्ये ८२३ जनाले मतदानमा भाग लिएका थिए । 
अभिभावकको रुपमा विद्यालयले पत्र पठाई निर्वाचनमा बोलाएको भएपनि ३२ जना को मतदाता नामावलीमा नाम नभेटिएपछि केही समय विवाद समेत चलेको थियो ।

0 प्रतिकृया:

Post a Comment