ूएरोबिक एक्सरसाइजमा महिलाहरुको बढ्दो लोकपि्रयताू

वैद्य योग प्रशिक्षक श्री गंगा ढकाल
स्वस्थ्य जीवन जिउने कुरा कसलाई पो रहर नलाग्ला र ! आफूलाई स्वस्थ्य राख्न मानिसले मात्रै होइन सबै प्राणिले अनेकौ प्रयत्न गरेकै हुन्छन् । त्यसमा पनि सर्वश्रेष्ठ प्राणि मानिने मानिस अझ झन् चनाखो नै हुन्छ अनेकाँै उपायको खोजी गरेकै हुन्छ । स्वस्थ रहनको लागि व्यायाम आहार विहार र व्यावहारको उत्तिकै भूमिका भएतापनि व्यायामको भने महत्वपूर्ण भुमिका हुन्छ ।
व्यायाम एक्सरसाईज मानिसले उमेर अनुसार क्षमता अनुसार रोग अनुसार अवस्था अनुसार विभिन्न मोडलका एक्सरसाइजहरुको प्रयोग गरेका हुन्छन् । कोहि जीम हाउस र फिटनेस सेन्टर जान्छन् कोहि व्याडमिन्टन भलिबल फूटबल खेल्छन् कोही मार्निङवाकमा व्यस्त रहन्छन् । कोहि योग प्राणायाम आसन मेडिटेसनको माध्यामबाट स्वस्थ्य रहन कोशिस गर्छन् । त्यति मात्र हैन सत्संगमा गएर तालि बजाएर हाँसेर पनि व्यायाम गर्ने गर्छन् । उमेर अनुसार रोग अनुसार गरिने व्यायामहरु छुट्टाछुट्टै हुन्छन् र त्यसरी नै प्रयोग पनि गरिन्छन् ।
डान्स सेन्टर गएर डान्स गर्नुलाई पनि व्यायामको रुप नै मानिन्छ । चाहे जे जसरी होस् शरीरमा अनावश्यक बोसो बढ्न नदिनु हाड जोर्नि नसामा समस्या आउनु नदिनु ग्रन्थि र तन्तुहरुलाई सकि्रय बनाउनु नै व्यायामको निष्कर्ष हो । पछिल्ला दिनहरुमा शरीरलाई स्वस्थ्य र फुर्तिलो छिटो छरितो राख्नको लागि आनन्तिद भएर गरिने व्यायाम एरोविक एक्सरसाइज विश्व वजारमा निकै नै लोकपि्रय बन्दै गईरहेको छ । पुरुषहरुको तुलनामा महिलाहरु बढी सहभागी हुने एरोविक एक्सरसाईज ठूलाठूला शहरहरुमा मात्र हैन साना साना शहरहरुमा पनि लोकपि्रय बन्दै गइरहेको छ ।

विकसित मुलुकहरुमा व्यस्त जीवन शैली भएका मानिसहरुले प्रयोग गर्ने गरेको एरोविक एक्सरसाइज नेपालमा पनि त्यत्तिकै लोकपि्रय छ । बिहान ४ बज्न पाउँदा नपाउँदै एरोविक सेन्टरमा महिलाहरुको भिडभाड शुरु हुन्छ । सहभागीहरुसँगको प्रतिकि्रयामा कोही भन्छन् मोटोपन घटाउन कोही भन्छन् स्लीम बन्न कोही भन्छन् दिनभरी फुर्ति रहन कोही भन्छन् उचाई बढाउन कोही भन्छन् रोग निर्मूल गर्न । मोटोपन उच्चरक्तचाप महिनावारी गडबढी थाइराइड पिनास साइनस माइग्रेन जस्ता समस्या भएका मानिसहरुले सङ्गीतको तालमा शरीरलाई सामान्य ढङ्गले चलाउनाले रोग नियन्त्रण गर्न सकिने छिटो छरितो एक्सरसाईज हो एरोविक ।
दमक नगरपालिकामा रहेको दमक डान्स सेन्टर सोरठी कला केन्द्र डि एण्ड डान्स सेन्टर र एक्युप्रेसर हेल्थ केयर सेन्टर दमक-१३ मा नियमित एरोविक एक्सरसाईज गराइन्छ ।
एक्कुप्रेसर हेल्थ केयर सेन्टर दमक-१३ की साचालिका वैद्य श्रीमति शान्ता नेपाल बताउँछिन्- पहिला पहिला म योगा मात्र सिकाउथे सहभागीको रुची अनुसार एरोविक शुरु गरेपछि एक्सरसाइज गर्नेहरुको निकै भीड बढेको छ । ८०% भन्दा बढी महिलाहरुको उपस्थिति हुने एक्युप्रेसर हेल्थ केयर सेन्टरमा निशुल्क स्वस्थ्य परिक्षण गरेर मात्र एक्सरसाईजमा सहभागी गराइन्छ किनकी उनी भन्छिन् -महिलाहरुको शारिरिक अवस्था बारे जानकारी लिएर मात्र कुन पोज गराउनु मिल्ने कुन पोज गराउन नमिल्ने छुट्याउनु पर्ने हुन्छ । सोही अनुसार गराउनु पर्ने हुन्छ । एरोविक एक्सरसाइज बारेमा सहभागिहरुसँग प्रतिकि्रया लिदा दमक-११ की ममता रन्तिजकार १० के।जी ओजन घटाएको जानकारी गराउँछिन् भने दमक-१४ सविना राना ५ के।जी ओजन वढेकी बताउँछिन् । शिक्षिकाहरु चक्करघटिकि ममता पौडेल हि।मा।वि कि रुक्मिणा भण्डारी सरस्वती उच्च मा।वि।sि कजन खतिवडा इलाका प्रशासन कार्यालयमा कार्यरत यज्ञ निरौला पशुहाटका खडानन्द दाहाल लामो समय देखि ढाड दुख्ने समस्याबाट हैरान भएको र धेरै पैसा समेत खर्च गरियो तर अन्तमा एरोविक एक्सरसाइज र योगासन मार्फत आफू स्वस्थ रहेको बताउँछन् । स्वास्थ्यकर्मीहरुमा ए।एन।एम÷सि।एम।ए लखनपुरकी देवका भण्डारी बेलडाँगीकि निर्मला इटहरिकि सुस्मा लामो समयदेखि साइटिकाको समस्या थियो । आफूले सिकेको र पढेको उपचार गर्दा पार नलागे पछि एरोविक र योग गर्न थालेको छु अनि ठीक भएको छ । त्यसै गरि घुडा दुख्ने समस्या भएकि बिर्तामोडकि नरमाया लिम्बू खुदुनावारीकि विष्णुमाया खड्का पनि आफूलाई स्वास्थ भएको बताउँछिन् । कुर्कुचामा हड्डि बढेको भनेर इन्जेक्सन समेत लगाए तर ठिक भएन अहिले भने सही उपचार पाए । दमक-१३ कि कमला निरौला र लखनपुरकि यशोदा अधिकारी बताउँछिन् ।

0 प्रतिकृया:

Post a Comment