जेठ १४ मा नै संविधान जारी गर्नुपर्ने - मुख्य समाचार

कमन देवान/छविराज ढकाल
चुलाचुली/ 'जेठ १४ पछि के हुन्छ भन्ने प्रश्न तिर जानु भन्दा पनि त्यस अघि नै राजनीतिक सहमतिमा अन्य विवाद टुङ्ग्याएर संविधान जारी गर्नु पर्छ ' इलामको चुलाचुलीमा शनिबार आयोजित एक कार्यक्रमका बीच बोल्दै सभामुख नेम्बाङले सो कुरा बताएका हुन् सभामुख नेम्बाङले शान्ति संविधान निर्माणको लागि सबै दलहरुलाई एक हुन आग्रह समेत गरेका छन्
धेरै समयपछि आफ्नो निर्वाचन क्षेत्र इलाम क्षेत्र नम्बर दर्ुइ चुलाचुली- को किरातेश्वर माध्यमिक विद्यालयमा निर्मित विभिन्न तीन ओटा भवन उद्घाटन गर्न आएका नेम्बाङले प्रमुख राजनीतिक दलहरु एक आपसमा मिल्न नसकेकै कारण देशका जनताले संविधान पाउन नसक्ने अवस्था आउन लागेको आरोप लगाए दलहरुले देशलाई चाँडो निकास दिन आवश्यक रहेको नेम्बाङको धारणा थियो
त्यस्तै लामो समयदेखि चुलाचुलीमा प्रमुख समस्याको रुपमा रहेको अव्यवस्थित बसोबास समस्या समाधानका लागि बाँकी रहेको काम समेत सम्बन्धित मन्त्रालयबाट अघि बढाइसकिएको आश्वासन दिए
यसैबीच सोही कार्यक्रमको अवसर पारेर चुलाचुलीबासीले सभामुख नेम्बाङलाई चुलाचुली क्षेत्रमा शान्ति सुरक्षाका लागि इलाका प्रहरी कार्यालय स्थापना गर्न पहल गरिदिन माग गरेका छन् भवन उद्घाटनका लागि प्रमुख अतिथिका रुपमा आएका नेम्बाङले कार्यक्रम ढिलो गरी सुरु हुने भएपछि करिब सय एमाले नेता-कार्यकर्तासँग भेटघाट गरेका थिए सभामुख नेम्बाङ दर्ुइ दिनसम्म गृह जिल्ला इलामका विभिन्न स्थानमा हुने कार्यक्रमहरुमा सहभागी हुने कार्यक्रम तय भएको जनाइएको

0 प्रतिकृया:

Post a Comment