गोपाल झापाली
सेतुमारी(दमक)/ तुलसी देवान झण्डै ५ वर्षरोजगारीका लागि मलेसीया बसे । ऋण काडेर जुन अपेक्षा सहित उनी मलेसीया पुगे, त्यसको आधा पनि पूरा भएन । २९ वर्षीय देवान ३ वर्षअघि गाउँ फर्किए ।
रामकुमार धिमाल पनि रोजगारीकै लागि साउदी अरेबीया पुगे । तर सोचे जस्तो आम्दानी भएन । अहिले गाउँमा नै खनी-खोस्री गर्दैछन् । स्वदेशमा रोजगारीका कुनै सम्भावना नदेखे पछि बिदेशीएका तुलसी र रामकुमार जस्तै दमक-१९ का युवाहरुले व्यवसायीक तरकारी खेती थालेका छन् ।
![]() |
तरकारी खेतीका लागि बेर्ना तयार गर्दै समूहका सदस्यहरु । फोटो : मनकुमार गदाल |
११ जना उनीहरुले सहकार्य कृषक युवा समूह गठन गरेका छन् । समूहका सदस्य मध्ये सबै जसो कुनै न कुनै देश रोजगारीका लागि पुगेर फर्किएका हुन् । समूहका अध्यक्ष सिंहबहादुर देवानले विदेशमा रोजगारीको अनुभव बटुलेका युवाहरुले गाउँमा नैं आत्मनिर्भताको बाटो खोजेकेा बताए । उनका अनुसार समूहले १७ बिगाहा जमिन १० वर्षा लागि लिजमा लिएका छन् । सो वापतप्रति बिगाह वाषिर्क १० मन धान तिर्नुपर्ने र्सत रहेको छ ।
लिजमा लिइएको जमिनमा हाल करेला, फर्सी, लौका, टमाटर, फर्सी, बोडी लगायतका तरकारी लगाइएको छ । कृषि प्राविधिक समेत रहेका समूहका सदस्य होम आङ्बोले स्थानीय माटो तथा हावापानी सुहाउँदा बिभिन्न तरकारीका प्रजाति लगाइएको बताए । खुर्सानी रोप्नका लागि बेर्ना तयार पारिएको जनाउँदै उनले आवश्यकता अनुसार जमिन बढाउन समेत सकिने उल्लेख गरे । न्युन मात्रामा बिषादी तथा रसायनिक मलको प्रयोग गरेर खेती गरिएको र क्रमिक रुपमा पूर्ण रुपमा अर्थोडक्स खेती गर्ने योजना रहेको उनले सुनाए ।
बहुद्देशीय रुपमा समूह स्थापना गरिएको समूहका सदस्य गोबिन्द न्यौपानले बताए । सो अन्तर्गत गाई पालन समेत शुरु गरिएको र केहि साता भित्रमा नैं गाई थप गरिने उनको भनाई छ । उनीहरुलाई आर्थिक सहायता दमकको मेची सहकारी संस्थाले जुर्टाई दिएको छ । सहकारीका अध्यक्ष गणेशप्रसाद बस्नेतले स्थानीय तहमा नैं कृषिको व्यवसायीकताका लागि पूँजी, प्रबिधि र बजारीकरणमा सहयोग गरेको बताए । नगरमा यस प्रकारका एकसय ओटा समूह स्थापना गर्ने र कृषिको व्यवसायिकतामा सहयोग पुर्याउने लक्ष्य रहेको बस्नेतले जानकारी दिए ।
0 प्रतिकृया:
Post a Comment