शान्त भूमिमा बढ्दो असुरक्षा - दोस्रो लेख


मदनमणि दीक्षित
ते हि नो दिवशाह गता -कठै हाम्रा ती दिन बितेर गए) भनी आदि शङ्कराचार्य पछिका विश्वविख्यात भारतीय नाटकार भवभूतिले उत्तरराम चरितम्मा लेखका थिए। त्यो वाक्यलाई आज समग्र नेपाली आˆना बितेका दिनबारे सम्भिmदा हुन्, ती नेपाली जुनसुकै जाति, प्रजाति, उपजाति तथा हिन्दु मुसलमान वा बौद्ध नै भए पनि। ती नेपाली यो देशको पर्यावरण प्राकृतिक सौन्दर्य र हिमाली परिवेशमा पहाड पर्वतका वन जङ्गल वा दक्षिण प्रदेशका धानका खेत वा आँप, लिची, कदम्व वा कटहर नै भए पनि अथवा ती नेपालीले छन्दोवद्ध कविता लेख्छन् वा निरक्षर नै रहेका भए पनि।
३० वर्ष जति पहिलेको कुरा हो मेरो घर छेऊ एकसय हात टाढा डा. यादवप्रसाद पन्तको घरमा नेपालका निम्ति बङ्गलादेशका राजदूत महोदय बस्दथे। तिनीसित रोजै बिहान सडकमा पदयात्रा गर्दा मेरो भेटघाट र मौन नमस्कार हुने गर्दथ्यो। त्यस्तैमा एक दिन तिनले मौनलाई भङ्ग गर्दै भने- 'हामी दुवै जना यो एउटै सानो चउर कालिकास्थानमा बस्ने गर्छौं तर परस्परमा नमस्कार बाहेक हामीबीच बोलचाल भएन। भोलि बिहान मेरो डेरामा पाल्नुहोस्, म चिया पिउनका लागि निम्ता गर्दछु।
दोस्रो दिन म तिनको बासस्थानमा गएँ। हाम्रोबीच नेपालमा एउटा व्यक्तिले गरेको हिंसा प्रयासबारे चर्चा चलिरहेको थियो। मैले भनें- 'महामहिम नेपालमा घनघोर अशान्ति फैलिएको छ, कोही पनि आफूलाई सुरक्षित ठान्दैनन्। ती राजदूत मुसुक्क हाँसे र मलाई सोधे- यो वर्ष यो देशमा कतिजनाको हत्या भयो होला ? जवाफमा मैले भने- मेरो साप्ताहिकले हत्या र यौन दुराचार अर्थात् बलात्कार सम्बन्धी समाचार छाप्दैन। अतः मलाई थाहा छैन। तिनले भने- तपाईंको अखबारको अङ्ग्रेजी अनुवाद पढ्ने गर्छु। मलाई थाहा छ, तपाईं त्यस्ता दुराचारको समाचार दिनुहुन्न। तथापि दैनिक गोरखापत्र त पढ्नु हुँदो हो त्यो अखबारबाट हत्या हिंसा र दुराचारबारे त पढ्नु भएकै होला मैले स्वीकार गरें र आˆना पुराना सम्झनालाई केलाउँदै जादा पोखरामा एक जनाको हत्या भएको र बुटवलको तिनाऊ नदीमा कसैले कसैको हत्या गरी लाश नदीमा फालिदिएको पढेको सम्भिmएँ र ती दुई घटनाबारे राजदूत महोदयलाई बताएँ। मेरो कुरा सुनेपछि राजदूत महोदयले गम्भीर हुँदै भनेका थिए- 'हेर्नुस् म, एसिया, युरोप, अमेरिका र अपि|mकापछि नेपालमा राजदूत भएको छु। पाँच देशमा हुने हत्या, हिंसा, बलात्कार, डकैती र चोरीका घटनाहरूबारे मैले सुनेको छु र पढेको छु। मेरो अनुभव अनुसार ती पाँच देशमध्ये एउटा नेपाल मात्र आश्चर्यजनक तवरमा शान्तिपि्रय देश छ। मेरै देशको राजधानी ढाकामा रोज कतिवटा आपराधिक घटनाहरू हुन्छन् ? तपाईं र मेरो बीचमा चियापान गर्दै बितेको यो एक घण्टाभित्र ढाकामा चोरी र अपराधहरूका कति घटना भए होलान् ? तपाईंं जिज्ञासु हुनुहुन्छ र ढाकामा कुनै मित्र छन् भने सोध्नुहोस्- अपराध अनुसन्धान शाखाको पुलिस कार्यालयमा सोधेर तिनले बताउनेछन्। यस्तो शान्तिपि्रय देश त मैले देखेकै छैन।
केही वर्ष पश्चात् त्यो निर्दलीय पञ्चायत व्यवस्थाले 'विश्व मानव अधिकार दिवस मनाउने भयो। मैले त्यो दिवसमा बोल्नु परेको थियो। त्यो सभाकक्षको अग्रपङ्तिमा हाल मैले नाम बिर्सिएका नेपालका दुई जना मन्त्री बसेका थिए। एक जना गृह मन्त्री र अर्का न्याय व्यवस्थासम्बन्धी मन्त्री थिए। बङ्गलादेशका राजदूत महोदयले मलाई भनेका प्रत्येक शब्द र वाक्यलाई मैले त्यो सभामा दोहोर्‍याउँदै भनेको थिएँ- नेपालका जनतालाई सङ्गठित हुने अधिकार छैन भन्दैमा मानव अधिकारको विश्व घोषणा पत्रमा रहेका ३५ वटा अधिकारमध्ये जीवनधारण गर्ने र बाँच्ने तथा शक्ति अनुसार सम्पत्ति आर्जन गर्ने अधिकार शान्तिपूर्ण नेपालमा सर्वाधिक छ।
मेरो त्यो भाषणबारे कसैले त्यसबेला वीरेन्द्रमा जाहेर गरेछ, मलाई राजाका सचिवले टेलिफोन गरे। सभागृहबाट म घर पुगिसकेको थिएँ। टेलिफोनमा भनियो- 'श्री ५ बाट धन्यवाद बक्सेको छ। तर अपसोच, अति गम्भीर भन्नुपर्ने अपसोच एक दशक बितेपछि तिनै राजा वीरेन्द्रको स-परिवार हत्या भयो-राजदरबार हत्याकाण्डमा। आज असुरक्षा, अपहरण, हत्या आदिका घटनाहरू अपरिमित सङ्ख्यामा बढेर विश्व समुदाय सामु यो देश घिनलाग्दो चर्चाको विषय बनेको छ। सभासद र मन्त्री भइसकेका व्यक्तिले कुनै व्यापारीको अपहरण गरी करोडौं रूपैयाँको फिरौती माग गर्न थालेका छन्। भष्ट्रचारजस्तो राष्ट्रघात अपराधमा जेल गएका छन्, हत्यारा र अपहरणकर्तालाई नेपालका मन्त्रीहरूबाट संरक्षण प्राप्त छ।
संयुक्त राष्ट्रसङ्घ महासभामा अहिले दुईसय भन्दा बढी मुलुकहरू सदस्य छन्। बितेका केही वर्षभित्र यो देशका वामपन्थी पार्टीहरूका सरकार बने। तिनको नेतृत्वमा सरकार भएका बेला मुलुकमा अशान्ति हिंसा र हत्याका घटनाहरू प्रशस्त सङ्ख्या बढेका छन्। त्यसैकारणले होला नेपालका वर्तमान प्रधानमन्त्री डा. बाबुराम भट्टराईले हालै सिमरामा भाषण गर्दै गर्दा प्रधानमन्त्री हुनुभन्दा पहिलेका विचार र प्रधानमन्त्री भएपछिका विचारबारे एउटा सरल वाक्यमा भन्नुभएको थियो- पहिले विचार गरेको जस्तो बाटोमा प्रधानमन्त्री भएपछि हिंड्न नसकिने रहेछ। प्रधानमन्त्रीले सत्य कुरा बोल्नु भएको थियो भन्ने सम्भिmदा मेरो ध्यान अर्को कुरातिर पनि फर्किन्छ। त्यो हो राष्ट्रपति डा. रामवरण यादव। देशको राष्ट्रपति हुनु भन्दा पहिले र राष्ट्रपति भएपछिका उहाँका चिन्तन र विचारमा नेपाली जनताले भेद देखेका छैनन्।
त्यस्तो भेद नदेखिनुमा राष्ट्रपति महोदय र देशका प्रधानमन्त्री महोदयका वर्तमान राजनीतिक पार्टीहरू नेपाली काङ्ग्रेस तथा नेकपा माओवादी पार्टीका चिन्तन र व्यवहारले प्रत्यक्ष प्रभाव पारेको देखा परेको छ। वर्तमान नेपाली काङ्ग्रेसमा विचारको अस्थिरता र बोलीमा दोहोरोपन रहेको देखा पर्ने गर्दैनन्। त्यसकारण पृष्ठभूमिमा आफू रहेको पार्टीका पहिलेका र अहिलेका विचार भन्नेमा राष्ट्रपति महोदयले कुनै दृश्य भेदभाव गर्नु पर्दैन। प्रधानमन्त्री डा. बाबुराम भट्टराईले केही दिन पहिले सिमरामा बोल्नुभएका कुराहरूमाथि प्रत्यक्ष वा परोक्ष तवरमा उहाँ उपाध्यक्ष रहनु भएको एनेकपा माओवादी पार्टीका विचार र व्यवहार संलग्न रहेका छन्। अलि ध्यान दिएर हेरौं भने यता केही महिनादेखि डा. भट्टराईकै पार्टीका सी.पी. गजुरेल, मोहन वैद्य ँकिरण, देव गुरुङ तथा दाहाल र रामबहादुर थापा 'बादल तथा कृष्णबहादुर महरा आदिका आˆना तथा पार्टीका हिजो र आजका भनाइ र अभिव्यक्तिहरूमा गम्भीर र परस्पर विरोधी अभिव्यक्तिहरू अंकित भएका देखिन्छन्। यस अवस्थामा त्यही केन्द्रीय नेतृत्वमा रहेका देशका वर्तमान प्रधानमन्त्रीले आˆनै सामुन्ने रहेका अप्ठ्यारा बाटाहरू र विसङ्गतिपूर्ण व्यवहारबारे कुरा गर्नुलाई म अस्वाभाविक ठान्दिन। तथापि यो अस्वाभाविकतालाई कालो मसीले दागझैं मेट्नै पर्दछ। त्यसका निम्ति आˆनो मुख्य भनाइमा सबैले जसरी भए पनि अड्नै पर्दछ। त्यसरी नअड्ने हो भने त्यस्ता सबै माओवादीका भाग्य र एमालेका अध्यक्षको भाग्य र भनाइबीच कुनै पनि अन्तर रहने छैन। हुन पनि हो सशस्त्र जनयुद्धको नाउँमा करोडौंको सम्पत्ति आर्जन गरी आˆनै कृत्रिम व्यवहार गर्ने नेताले कसैलाई पनि देशको प्रधानमन्त्री हुनु भन्दा पहिले र प्रधानमन्त्री भएपछि फरक-फरक कुरा गर्न सिकाउनु र गर्न लगाउनु अनिवार्य जस्तै देखा पर्छ। á

0 प्रतिकृया:

Post a Comment