चुम्लुङको गाउँ अधिवेशन

लखनपुर/किराँत याक्थुम चुम्लुङ लखनपुरको दोस्रो गाउँ अधिवेशनले जगत सम्वाहाम्फेको अध्यक्षतामा १३ सदस्यीय गाउँ कार्यसमिति चयन गरेको
उपाध्यक्षमा गणेश आङ्देम्बे, सचिवमा खड्गबहादुर सम्बाहाम्फे, सचिवमा बीरबहादुर चेम्जोङ कोषाध्यक्षमा सुरेन्द्र जवेगु चयन भएका छन् त्यसैगरी सदस्यहरुमा तेजु आङ्देम्बे, दिनानाथ नेम्वाङ, राममाया लिम्बु, गीता लाओती, चन्द्रीका लाओती, लिला पोमु, तेजमान सम्वाहाम्फे मन्छिन्द्र सम्वाहाम्फे चयन भएका जनाइएको
वडानम्बर स्थित सिंहदेवी प्रा.वि.मा भएको अधिवेशन उद्घाटन कार्यक्रममा चुम्लुङका केन्द्रीय सदस्य धिरेन लाओती, संस्थापक सदस्य छवि सम्बाहाम्फे, जिल्ला अध्यक्ष पूर्णमान लाओती जिल्ला सदस्य हरिदेवी लाओती नेपाल पत्रकार महासंघका केन्द्रीय पार्ष् यज्ञराज आङ्देम्बे -विष्णु सुब्बा) मदन सम्वाहाम्फे, शोभालाल राजवंशी, लालबहादुर मगर, प्रेम तामाङ, कृष्ण मावो, विजय मावो लगायतले शुभकामना मन्तव्य राखेका थिए
चुम्लुङका निवर्तमान गाउँ समिति अध्यक्ष देउकुमार सम्वाहाम्फेको अध्यक्षतामा सो अधिवेशन सम्पन्न भएको थियो चुम्लुङका जिल्ला अध्यक्ष पूर्णमान लाओतीका अनुसार आगामी फागुन २० गते हुने जिल्ला अधिवेशनको तयारी स्वरुप हालसम्म नगर १५ गाविसमा अधिवेशन सम्पन्न भइ जिल्ला प्रतिनिधि छनौट भइसकेका छन्

0 प्रतिकृया:

Post a Comment