सामुदायिक प्रहरीको विधान समिति

दमक/समुदायको साझा चासो, इच्छा, अभिरुचि जनहितका सामाजिक कार्यलाई गति दिन समुदाय प्रहरीको सम्बन्धलाई सुमधुर राख्ने उद्देश्यले गठित दमकस्थित सामुदायिक प्रहरी सेवा केन्द्रको शनिबार सम्पन्न बैठकले विधान मस्यौदाका लागि उप-समिति गठन गरेको
जयबहादुर श्रेष्ठको संयोजकत्वमा गठित विधान मस्यौदा उप-समितिका सदस्यहरुमा अम्बिका खनाल, प्रविण चाम्लिङ, गञ्जबहादुर दाहाल, लक्ष्मी सुब्बा, मन्दरा पौडेल गीता अधिकारी रहेका छन् समितिले आगामी चैत्र १३ गते भित्र विधान मस्यौदा गरी अनुमोदन गराएर समितिमा पेश गर्ने समितिकी सदस्य सचिव तथा इलाका प्रहरी कार्यालय दमककी प्रहरी सह-निरीक्षक गंगा र्राईले जानकारी दिइन्
जिल्ला प्रशासन कार्यालय झापामा दर्ता भई इलाका प्रहरी कार्यालय दमकबाट ०५७ सालदेखि सुरु भएको सामुदायिक प्रहरी सेवा केन्द्र ६३ सालसम्म क्रियाशील रहे पनि त्यसयता प्रहरीको व्यस्तताका कारण निश्कृय बनेको थियो गत फागुन गते केन्द्रका तत्कालीन अध्यक्ष रोमनाथ ओलकिो अध्यक्षतामा सम्पन्न र्सवपक्षीय भेलाले जयबहादुर श्रेष्ठको संयोजकत्वमा १९ सदस्यीय तदर्थ समिति गठन गरे लगतै सो समितिले शनिबारको बैठकबाट विधान मस्यौदाका लागि पहल थालेको र्राईले बताइन्
सन् १९२९मा बेलायतबाट सुरु भएको सामुदायिक प्रहरी सेवा केन्द्रको अवधारण नेपालमा भने वि.सं. २०३९ मंसिर १५ गते तत्कालीन नेपाल प्रहरी महानिरीक्षक दिलबहादुर लामाले भित्र्याएका थिए भने २०५१ बैशाखमा राजधानीस्थित महाराजगञ्जमा पहिलो पटक यस्तो समिति गठन गरिएको थियो

0 प्रतिकृया:

Post a Comment