सतवार्षिक जन्मोत्सवमा भवन उपहार - उपमुख्य समाचार

इलाम चुलाचुली- का सय वर्षीय माधवप्रसाद न्यौपानेको जन्म दिनको खुशियालीमा उनका सात भाइ छोरा परिवारजनले किरातेश्वर मावि चुलुचुली- मा 'मंगल भवन' नामाकरण गरी १३ लाख ५० हजार रुपैयाँ लागतमा दुर्इ तले पक्की भवन निर्माण गरिदिएका छन्

शनिबार आयोजित समारोहका बीच सो भवनको साँचो सय वर्षीय पराजुलीले सभामुख नेम्बाङलाई औपचारिक रुपमा हस्तान्तरण गरे भने नेम्बाङले जिल्ला शिक्षा कार्यालय इलामका प्रतिनिधि टेकनाथ रेग्मीलाई रेग्मीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर लावतीलाई हस्तान्तरण गरेका थिए त्यस्तै सोही कार्यक्रमका बीच नेम्बाङले जिल्ला शिक्षा कार्यालय इलामको आर्थिक वर्ष०६६/६७ को २० लाख ५६ रुपैयाँ लागतमा बनेको अर्को दुर्इ तले भवन लुथरन विश्व महासंघको लाख ४६ हजार सय २८ रुपैयाँ  विद्यालय स्रोतको लाख ६१ हजार रुपैयाँ लागतमा बनेको एक तले भवन समेत उद्घाटन गरेका हुन् विद्यायलमा जिशिका इलामको लाख रुपैयाँ विद्यालयको आन्तरिक स्रोतबाट लाख रुपैयाँ गरी कूल लाख रुपैयाँको लागतमा कोठे पक्की सौचालय समेत निर्माण सम्पन्न भएको
परिवारका तर्फबाट भवन हस्तान्तरण गर्न अघि मन्तव्य राख्दै उनका छोरा लक्ष्मीप्रसाद न्यौपानेले बाबुको सतवार्षिक जन्म दिनमा निरीक्षर बाबुको शिक्षाप्रतिको भोक
मेटाउन विद्यालय भवन निर्माण गरिएको जानकारी दिए उने थपे -'बुबाले शिक्षाको ज्योति प्राप्त गर्नसक्नु भएन, उहाँ जीवनभर गोठालो बन्नु भयो, तर शिक्षाप्रतिको उहाँको त्रि्र इच्छा सधै रहिरहृयो परिवारका तर्फाट हामीले उहाँको त्यही इच्छा पूरा गरिदिन यसो गरेका हौं '
त्यस्तै सोही कार्यक्रममा सम्पूर्ण राजनीतिक दलहरुका तर्फाट मन्तव्य राख्दै मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्का सचिवालय सदस्य प्रेमद्वीप थाम्सुहाङले विकासका लागि सरकारको मात्र मुख ताक्ने परम्परा अन्त्य गर्न न्यौपाने परिवारले देखाएको दृष्टान्त सबैलाई पाठ हुनुपर्ने दावी गरे थाम्सुहाङले परिषद्का तर्फाट चुलाचुलीको बसोबास, शान्ति-सुरक्षा, प्रस्तावित लिम्बुवान राज्य लगायतका विषयमा ज्ञापन-पत्र समेत पेश गरेका थिए
कार्यक्रममा लुथरन विश्व महासंघका बेदबहादुर थापा मगर, जिल्ला शिक्षा कार्यालय इलामका प्रतिनिधि टेकनाथ रेग्मी लगायतले बोलेका थिए विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर लावतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कमलप्रसाद अधिकारीले स्वागत गरेका थिए

0 प्रतिकृया:

Post a Comment