नरपति पाण्डे
नष्टकारी राजनैतिक सौदाबाजी दिनानुदिन विकसित हुँदैछन् । शक्तिको अहंकार घटेको छैन । शङ्का, भय, अभाव, अनिश्चय र षड्यन्त्रका जाल र पक्षहरु फाँटेका छैनन् । झुक्याउने, थर्काउने र कमाउने साधन र प्रविधि हटेका छैनन् । अविवेक घनघोर बढेको छ । राष्ट्रियता र अखण्डतामाथिको अन्धदृष्टि र आँधोपन बाक्लिएको छ । राजनीतिभित्र छद्मभेषी प्रवृत्ति हावी बनेको छ । जनतालाई चाहिने अत्यावश्यक उज्यालोको साधन विद्युत र मट्टतिेलको चरम अभाव बढेर पुरै मुलुक अन्धारमय बनेर जीविका अरु संकट ग्रस्त बन्दै गएको छ । जनताको दैनिकीलाई कत्ति पनि वास्ता नगरी राजनीतिका "जनताका लागि" भन्दा नथाक्ने वर्तमान सरकार र अन्य राजनीतिक दलहरुलाई धिक्कार्नु पर्ने अवस्था सृजना हुँदैछ ।
बिजुली मानिसको जीविकाको प्रमुख साधन बन्दै गएको समयमा दैनिक १८ घण्टा भन्दा बढी लोडसेडिङ बढ्नु नामर्दको चरम रुप हो । आर्जनको स्रोत नै सुक्यो भने जीविका कसरी निश्चित हुन्छ । बिजुली उपयोग गर्ने उपभोक्ताहरुले कर मात्रै तिरेका छैनन् । बिजुली प्रवाहमा हुने सरकारी लापर्वाहीको क्षति समेत भोगिरहेका छन् । एक्कासी घट्ने र एक्कासी बढ्ने करेन्ट प्रवाहले क्ष्ति पुगेको विद्युतीय उपभोग्य साधनको लेखाजोखाको चर्चा भएको छैन । चिसाउने, पकाउने, तताउने चार्ज गराउने, बाल्ने उपकरणहरुको आकस्मिक क्षति तीव्र गतिलो बढेको छ । उपभोक्ताहरुको असंगठित आवाज र नोक्सानलाई एकदिन संगठित बनायो भने यसको सामना गर्न सक्ने ल्यागत सरकारी संयन्त्रसँग हुने छैन ।
विद्युत आपूर्तिमा बढेको अनियमितताले पुरै जनजीवन अस्तव्यस्त भएको छ । विद्यार्थीहरुको वार्षिक परीक्षा नजिकै आएको छ । विद्युतको संकट बढ्दै जानु र बजारका मटि्टतेल अत्याधिक महङ्गो हुनुले सरकारलाई पुरै पङ्गु बनाउँदै लगेको छ । अहिले सरकारका प्रमुख व्यक्ति यस्तो दुरावस्थाप्रति किञ्चित गम्भीर नहुनु आर्श्चर्य बनेको छ । बत्तिको अभावले निम्तिएको अँध्यारो राजनीति वृत्तमा त्यति चर्चा छैन । जनताले भोगेको अभावप्रति संवेदनशील नहुने राजनीतिक नेतृत्व र कर्मीहरु अवसरवादी स्वाँठहरु सावित हुँदैछन् ।
यो अँध्यारो अन्धदृष्टिको पर्याय बनिरहेको छ । शक्ति अँठ्याएर सत्ताको मोज गर्न पल्केका र सल्केका पुराना तथा नयाँ सत्ताधारीहरु राज्यको दोहनमा कम्मर कसेर लागेका छन् । मुलुक कमजोर बनोस् बरु स्वार्थवात हसमस नहुने अडानमा अभ्यस्त छन् । राजनीतिक आवरणमा आफ्नो तुच्छ स्वार्थ पुरा गर्न राजकीय पदहरुको दुरुपयोग दिनानु बढेको छ । कानुन, नियम, आचार, अनुशासन आदि नष्टभ्रष्ट भाङ्भुङ् पार्दै अकृत सम्पत्ति कमाउनमा नै नयाँहरु लागेको प्रमाणहरु देखिन थालेको छ । विधि, सम्भावना, अवसर र संरचना नै भाङभुङ बनाएपछि कस्तो राष्ट्रियता र र्सार्वभौमिक अखण्डता स्थापित होला -
विकासमुलक राजनीति प्रायः शून्य बन्दै गएको छ । विकासप्रति निष्ठा पुरै सकिएको छ । नारा र जवाफमा उडन्ते अग्रगमन छिप्पिएर जनचाहनाप्रति अनिष्ठा वर्षाउँदैछन् । भ्रष्टाचार उद्योग फस्टाएको छ । प्रधानमन्त्री, मन्त्री र पहुँचवालाहरुकेा छत्रछायाँमा भ्रष्टाचारको खेती सप्रिएको छ । यसको प्रमाण शक्तिशाली मन्त्री नै भ्रष्टाचारको दोष्मा अदालती कार्वाहीमा पर्नुले मन्त्रीमण्डल राज्यप्रति संवेदन नभएको पुष्टि हुन्छ ।
आनिबानीमा भ्रष्ट हुनेहरुले भ्रष्टाचार गर्छन् । धनदौलतमा भ्रष्टाचार, पदीय भ्रष्टाचार, कानुनी भ्रष्टाचार, शक्तिमा भ्रष्टाचार, विचारमा भ्रष्टाचार, कुटनीतिमा भ्रष्टाचार आदि भ्रष्टाचारहरुले सिङ्गो मुलुकको राष्ट्रियता र र्सार्वभौम अखण्डताको भ्रष्टाचार गरेको छ । जातीय विविधताको एकतालाई नष्टभ्रष्ट पार्दै पहुँचवालाहरु कमजोरहरुको विवशतालाई भजाएर अन्धारको राजनीति गर्दैछन् । विल्कुलै अविवेक र अन्धदृष्टिवात मुलुकलाई दिशाहीन बनाउन लाम लागेका राजनीतिक मनोविकारीहरुलाई नागरिकहरुले भोगिरहेको अन्धारलाई हेर्न हामी आव्हान गर्दछौँ । शक्ति र स्रोतका भ्रष्टाचारीहरु परिवर्तन विकासका दुश्मनहरु हुन् । राजनीतिक दर्शनको आवरणले सच्चाइको सत्यता उद्घाटन गर्दैन ।
मुलुकको परिवेश र अवस्था दयनीय छ । अनिष्ठकारी कामकाजको बाढी रोकिएको छैन । बिग्रेको स्थितिलाई सन्तुलन र सामान्य अवस्था ल्याउन त परै आवस् सेना जस्तो संवेदनशील संयन्त्रभित्र रडाको मच्चाइएको छ । संयम र दुरदृष्टिले सञ्चालन गर्नुपर्ने राज्यको अङ्गलाई स्वार्थ र प्रतिशोधले निसाना लगाउँदै भागबन्डाभित्र गोलचक्कर लगाउनु षड्यन्त्र बाहेक केही छैन । राजनीतिक विकारले राजकीय क्षमता पुरै नष्ट हुँदै गएको छ । यो समयका नागरिहरुको स्तरबाट सजग, र्सतर्कता र सावधानीको आवाज बेगिलो बनाउन चुक्नु हुँदैन ।
0 प्रतिकृया:
Post a Comment