दमकदेखि काठमाण्डौ, काठमाण्डौ देखि दमकसम्म - यात्रास्मरण -

सुमित्रा बाङ्देल चेली
क्रमागत...
बालकुमारी क्याम्पस अवलोकन पश्चात केही कुरा अति राम्रो व्यवस्थित पाइयो भने केही कुरा दमक क्याम्पसको उत्तम केही कुरा धेरै सुधार गर्नुपर्ने रहेछ भन्ने बोध भयो यस्तै विषयमा कुराकानी गर्दै मनन गर्दै चितवनको बसपार्क रत्ननगर हुँदै बस पर्ूव हुइकियो साँझ निक्कै छिप्पिदाँ हामी खाना खान रोकियौँ त्यो ठाउँको नाउै मैले टिप्न भुलेको उल्लेख गर्नु सकिन खाना राम्रो थियो खाना खाँदै गर्दा एकजना युवकले मलाई चिन्नु भएन - भन्ने प्रश्न राधिका गुरुमासँग राख्यो चिने तिमी यहाँ भन्ने प्रश्नको जवाफमा यही छु मेडम यो होटल हाम्रै हो भन्ने जवाफ दियो खानपानमा अलि कियर पनि गर्यो खाना खाएर बाहिर निस्कँदा एकजना अधबैसेँ मान्छे नमस्कार पनि झापाली गौरादहको हुँ नि भन्दा नभन्दै प्राध्यापक डिल्ली सरले वहाँ मेरो साथी सहपाठी १६ वर्षा भेट भएको भन्नुभयो निक्कै विशाल तले भवन कठ्ठा जग्गा पनि जोरेकेा छु भनेर उक्त होटलमालिकले जानकारी गरायो " त्यसो पो पर एउटा ठाउँमा खाना खानुपर्छ साह्रै राम्रो हुन्छ भन्नु हुदैँथ्यो" भनेर मैले थपे हामी सबै हाँस्यौ अलिवर उभिएर मनन गरे दुवै सहपाठी, साथी, एकजना होटल मालिक करौडो आर्जन गर्न सफल व्यक्ति अर्का क्याम्पसका प्राध्यापक सामान्य जीवनचर्चा को ठूलो - मनले तर्क दियो प्राध्यापक ठूलो, जो सम्पत्ति करौडौँ नभएता पनि विद्वान, हजारौँलाई बाटो देखाउने पथप्रदर्शक, समाजमा आफ्नो विशिष्ट पहिचान यस विषयमा गुरुमासँग पनि कुरा गरे वहाँ मेरो तर्क सुनेर हाँसी मात्र रहनुभयो कुनै प्रतिक्रिया दिनु भएन
अब १२- को बीचमा घर पुगिन्छ भन्ने अड्कलवाजी गर्दै गाडी चढियो गाडी गुड्न लाग्यो यात्राले थकित शरीर तातो खाना पाएपछि के चाहियो - निन्द्रादेवीको काखमा लुटपुटियो सरहरु पछाडिपट्टी निक्कै गाउने, नाच्ने अन्ताक्षरी खेल्ने के-के गर्दै हुनुहुन्थ्यो निन्द्राले वोझिल भएको आँखाको ढकनी उघ्रिएन गहिरो निन्द्रामा परिएछ एकैचोटी बर्दीबासमा ब्युझिँदा पो अगाडी बाटो बन्द भन्ने थाहा भयो गुडिरहेको गाडी रोकिएपछि गहिरो निन्द्रामा यति सुतियो कि गुरुमाले बाहिर जाऔँ भनेर उठाउनुहुँदा पो ब्युझिँए सडकभरी मान्छेहरु पोकापन्तरा बोक्दै, बालबच्च च्याप्दै डार्याउँदै दोहोरीलता हिडिरहेँ यस्तो लाग्दथ्यो सडक-सडक नभएर मानव नदी हो बसको सिटमा कोचिएर झयालभरीको संसार आँखाले भ्याएसम्म नियाल्दा वरिपरी जङ्गल छन् अगाडि लमतन्न सडक सडकभरी मान्छेको ताँती उज्यालो भएपछिको क्रियाकलाप हुन् यी रातमा गहिरो निन्द्रामा परिएकाले कल्याङपल्याङ आवाजहरु सुनेको सम्म याद राती सरहरु अगाडि के भएको रहेछ भनि हेर्नलाई जानुभएछ त्यहाँ ठूलो रुख उत्तरबाट दक्षिणतर्फ आवगमनमा अवरोध पुग्ने गरी लडाइएको रहेछ पन्छाउन के हल्लाउन पनि नसक्किने रहेछ भन्नुहुन्थ्यो सरहरु जङ्गलको ठाउँ, माघको मौसम ढपक्क पाट लागेको बन्द बन्द के को बन्द अनभिज्ञ छौँ गाइगुर्इ कुरा बुझदा कर कार्यालय स्थापनाका लागि स्थानीयवासीले बन्द गरेका रहेछन् घाम लाग्ने छेकछन्द छैन बन्दकेा मारमा र्सवसाधारण जनता पिल्सिएकै हुन् हुन बन्दकर्ताको निम्ति त्यो बन्द जायजै होला तर हामी यात्रुलाई पर्न पीर परेको काम बित्छ-बित्छ बन्द हड्तालमा जाममा, पर्नु मान्छेलाई अति नै पट्यारलाग्दो सकसपूर्ण हुन्छ बिहानको १० बज्न लागिसक्यो हातमुख धुनु पाइएको होइन यसो तातोपानी खान पाइए पनि जीउमा स्फूर्ति आउथ्यो अब यसरी बसेर हुँदैन यसो चारोको व्यवस्था गर्नुपर्छ भन्ने आसयले सल्लाह गरी बस चालक कन्डक्टर बाहेक सबै लाग्यौँ अगाडि तर्फ हिड्दै जाँदा देखियो अजङ्गको -युकिप्लीट्स) मसलाको रुख सडक बीचमा पसारिएको रहेछ त्यसलाई नाघ्दै अघि बढ्दा सडकभरी टायरको कालो ध्वाँसो चुलोहरु टायरको अवशेषहरु टायरको एकप्रकारको नमिठो गन्ध वातावरणभरी फैलिरहेको सडक विरुपता प्रदर्शन गरी विवशताको आँखा पल्टाइरहेको हामी निक्कै हिडेपछि परिदृष्यमा दुर्इ चारघरहरु आए एउटा निक्कै भव्य पछि घर सायद होटल हुनुपर्छ हामी त्यता नलागी त्यसको नजिकै सानो झुप्रो चियापसल तर्फ लाग्यौँ त्यहाँ पुगेर अलि पर शौचालय धारामा हातमुख धोई चिया, भुजा पकौडा खाइयो बन्दले गर्दा चिया नास्ता पनि हारालुछ विक्री भइरहेको मधेसी मूलको पसलपाल्नीलाई सोद्धा "हिजो झडपै भयो " भन्ने जानकारी पाइयो चिया गफमा सुनिन्थ्यो निक्कै महिलाहरुलाई सशस्त्रले कुटे वास्तविकता के थियो खोतल्ने जमर्को गरिएन कारण हामीलाई कसरी घर पुग्ने भन्ने चिन्ताले गाँजेको थियो चिया नास्ता पश्चात सरहरु अखिलेश्वरलाल दास, भवकृष्ण खतिवडा, खड्गपकुवाल -तीन) जना पैदल हिडेर बन्दप्रभावित क्षेत्र पार गरी गाडी चढेर घर पुग्ने अठोटमा बाटो लाग्नुभयो बाँकी हाम्रो हुल लाग्यौँ बर्सतर्फ बन्द खुल्छ कि भन्ने आशामा प्रतिक्षा गर्दै समय बिताउन थाल्यौँ
निक्कैबेर छलफल पछि सरहरु हामी सबैले बस ब्याक गरेर दक्षिणतर्फको .१० किलोमिटर पार गरी ढल्केवर निस्कने सल्लाह भयो यर्सथ बिहानको ११ः३० बजे गाडीहरुको ताँतीको मुखमा रहेको हाम्रो बस मोडेर लाग्यौँ जलेश्वर तर्फ मनभरी विभिन्न आशङ्काहरु यथावतै थिए जलेश्वर बन्द भन्थे कोही हैन बन्द हुने अवस्था भन्थे कोही दाँयाबाँया नहेरी अघि बढौँ भन्दै बस अघि बढ्यो अब शुरु भयो नौलो ठाउँ नौलो परिवेशको कौतुहलपूर्ण यात्रा हामी जङ्गलै-जङ्गलको यात्रा पार गर्दै अघि बढीरहृयौँ बाटामा बाँदरहरुको हुल उखुको लाग्रा -चिनी बनाउने) लादिएको टयाक्टर, गोरु गाँडाहरु भेटिए जङ्गल पार गरेर क्रमश घरहरु भेटिन थाले झिँगटिले छाएको एकनासको कच्ची घरहरु कतै माटोले लिपेर चिल्लो पारिएको भित्ता भित्तामा परम्परागत मिथिला चित्रहरु आँगनभरी  गाई, भैँसी, बाख्राहरु, गोबरबाट बनाइएका उपले -जो दाउराको रुपमा प्रयोग गरिन्छ) को थाक, गोबरको गन्ध, धुर तापेर बसेका आईमाई, केटाकेटी वृद्धवृद्धाहरु आँप, उखुका रुख बगानहरु, खेतका आलिमा झपक्क फलेर लर्किएका रहरका बोटहरु एकप्रकारको रमाइलो ग्रामीण वातावरण, यहाँनेर के स्पष्ट पारुँ भने गाउँमा जन्मी हुर्केकी मान्छे गोबरको गन्ध एकप्रकारको मिठो लाग्दछ मलाई गोबरले लिपेको घर पनि राम्रो लाग्दछ मलाई भन्न सक्दिन यो कुन खालको मेरो आत्मीक नाता हो यो गोबर माटोसँगको यस्तै कुराहरु गम्दै दृष्यहरु नियाल्दै घुर तापिरहेका मानिसहरु देख्दा मलाई साहित्यकार भवानी भिक्षुको सम्झना आयो उनको हारजित कथामा घुर तापेको प्रसङ्ग अझ घुरमा हरियो चनाको कोसा पोलेर खाने "चनाको होरी" भन्ने प्रचलन तर्राई क्षेत्रमा रहेको काँचो चना घुरमा -आगो) पोलेर खानाको स्वाद कतै पाइन्न रे त्यही कथामार्फत तर्राईको जनजीवन प्रति ज्ञान एकप्रकारको आकर्षा पलयो मा जो यथावतै
क्रमश अर्को साता....

0 प्रतिकृया:

Post a Comment