भोजमा खाना पकाउँदा आगलागनी

इटहरी/ सुनसरीको मध्यहर्साहीमा शनिबार दिउँसो आगलागी हुँदा परिवारका १६ वटा घर जलेर नष्ट भएक छन् मध्यहर्साही का रामेश्वर मेहताको घरबाट सल्केको आगोले उनको घरसँगै रहेको सुरेन्द्र मेहता, भुनाइ मेहता तथा राजगन्ज सिनुवारी गाविस वडा नम्बर का चन्दन यादव भरतु यादवका गरि पाँच परिवारका १६ वटा घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय हरिनगराका प्रहरी नायव निरीक्षक नगेन्द्र भगतले जानकारी दिए
आगलागिका कारण घरका साथै अन्नपात, लुगाफाटा लगायतका सरसामान जल्दा १० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान रामेश्वरको घरमा आयोजना गरिएको भोजका लागि खाना पकाउने क्रममा आगो लागेको प्रहरीले जनाएको
त्यसैगरी र्सलाहीको दक्षिण पश्चिममा पर्ने छटौल गाविसको सोना टोलमा शनिबार मध्यान्ह आगलागी हुँदा कम्तीमा २० घर जलेका छन् घर भित्रका सबै सामान जलेकाले क्षति एक करोडभन्दा बढी हुने प्रहरीले जनाएको
उक्त आगलागीमा तीनवटा बाख्रा समेत जलेर मरेका छन् स्थानीय दिलीप यादवको आँगनमा रहेको चुलोमा भएको आगो छिमेकीले थुपारेको परालमा लागेर गाउँभरी फैलिएको थियो मध्यान्हदेखि निरन्तर हावा चलेका कारण बाक्लो बस्तीमा जताततै आगो फैलिएको प्रहरीले जनायो
आगो नियन्त्रण गर्न रौतहट जनकपुरवाट दमकल मगाए पनि आइपुग्नु अघि नियन्त्रणमा आएकाले फर्काइएको प्रहरी उपरीक्षक रामप्रसाद श्रेष्ठले बताए

0 प्रतिकृया:

Post a Comment