हिस्टानको चेतावनी

बिर्तामोड/उच्चमाध्यमिक शिक्षक एशोसिएसन नेपाल-हिस्टानले आफ्ना मागहरु पूरा नभए शैक्षिक हड्तालसम्मको आन्दोलन गर्ने चेतावनी दिएको
शनिबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी सामुदायिक उच्चमाविमा बिषयगत दरबन्दी, उच्चमाविका शिक्षक तथा कर्मचारीको सेवा-सुविधा तथा बृत्ति विकास सरकार मातहतमा हुनुपर्ने, कक्षा-१२ सम्मको शिक्षा निःशुल्क गर्राईनुपर्ने लगायत बुँदे माग राख्दै आन्दोलनको घोषणा गरेको हो
हिस्टान जिल्ला सचिव लक्ष्मी रेग्मीले केन्द्रीय समितिको निर्ण्र्ााअनुसार आन्दोलनको घोषणा गरिएको जानकारी दिए पत्रकार सम्मेलनमा हिस्टानका जिल्ला अध्यक्ष टीकाराम पौडेल, पेशागत महासंघ झापाका अध्यक्ष भीम नेपाल लगायतले बोलेका थिए

0 प्रतिकृया:

Post a Comment