हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

12

राम्रोलाई राम्रो भनौँ, नराम्रोलाई नराम्रो भनौँ – दोस्रो लेख

निधिरत्न अधिकारी यो सवाल आज नेपाल राष्ट्रको, २५० वर्षको ढुङ्गेयुगको यात्रालाई छिचोल्दै आजको दुनियाँको अगाडि २१ औँ शताब्दीको यात्रामा प्रवेश गर्ने बामे सराइको शुरुवात गर्न राष्ट्रिय राजनीतिको केन्द्रीय बहसमा घनिभूत रुपमा लागेकै हो भनेर भन्नै पर्ने हुन्छ । यो बुझाईलाई हामीले यसरी बुझेनौँ भने हाम्रो बुझाई गलत हुनेछ । गलत बुझाईको परिणाम हाम्रै लागि घातक सिद्ध हुनेछ । यो मुलुक अहिले अग्रगमन कि पश्चगमन ? समानता कि विपन्नता ? आदर्शवादी कि पराधिनता ? राष्ट्रिय अखण्डता कि औपनिवेशिक परनिर्भरता ? यस्ता यावत प्रश्नहरूको सही उत्तर आज मुलुकले खोज्ने क्रमको ऐतिहासिक...

किन असफल भयो संविधानसभा ? – पहिलो लेख

कृष्ण अविरल धेरैलाई लागेको छ, संविधानसभा असफल हुनुको प्रमुख कारण दलका नेताहरूको अकर्मण्यता र अदूरदर्शी ब्यवहार हो । कांग्रेस–एमाले अनि एमाओवादी–मधेसी मोर्चाका नेता, समर्थकहरूले एकअर्कालाई धारे हात लगाउँदै अपजस भिराएर सक्दोश्राप गरिरहेका छन् । कतिपय जनसाधारणचाहिँ नेताहरूले आफू अनुकूल गरेका तिनै कुराको भ्रममा परिरहेका छन् । तर यथार्थ धेरै भिन्न छ । विगत केही वर्षदेखि देशमा जे भइरहेको छ, सबै भारतीय गुप्तचर संस्था ‘रअ’को रणनीतिअनुसार भइरहेको छ । सन् २०१२ भित्रमा नेपाललाई आफ्नो सुरक्षा छाताभित्र हुलिसक्ने इन्दिरा गन्धीका पालामा बनेको ‘रअ’को रणनीति केही...

निर्वाचनको विकल्प छैन – सम्पादकीय

संविधानसभा विघटनसँगै प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले आगामी मंसिर ७ गतेका लागि संविधानसभाको लागि पुनः निर्वाचनको मिति तोकेको छ । पुनः निर्वाचन गर्नेबारेको सरकारी निर्णय असंवैधानिक भएको आरोप लगाउने एउटा पक्ष र पुनः निर्वाचनमा जाने निर्णय सही छ भन्ने अर्को पक्षबीच चलेको जुहारीले पछिल्लो नेपाली राजनीतिक घटनाक्रम धानेको छ । संविधानको संरक्षकका हैसियतले राष्ट्रपति रामवरण यादव समक्ष मुलुकमा छाएको संवैधानिक रिक्ततालाई सम्हाल्न कांग्रेस–एमाले लगायतका दलले अनुरोध र बिन्ती बिसाइसकेको एउटा जटिल अवस्थाबाट देश गुज्रिरहेको छ । जेठ १४ गते मध्यरातसम्म...

लगातारको बन्द, हड्तालले पूर्वाञ्चलको जनजीवन अस्तव्यस्त हुँदै – मुख्य समाचार

कमन देवान दमक, १२ जेठ/विभिन्न जातीय राजनीतिक संगठनहरुले जातीय पहिचानसहितको स्वायत्त राज्य लगायत विभिन्न माग राख्दै आन्दोलन जारी राखेकाले पूर्वको जनजीवन थप अस्तव्यस्त बन्दै गएको छ । लगातारको बन्दले गर्दा दैनिक उपभोग्य बस्तुको बजार भाउ आकासिएको छ भने लामा तथा छोटा दूरीमा चल्ने सवारी साधन ठप्प छन् । कतै स्वायत्तताको माग, कतै स्वायत्त राज्यको राजधानी बनाउनुपर्ने माग त कतै प्रदेश विभाजनका नाउँमा जिल्ला टुक्राउन पाइन्दैन भन्ने जस्ता मागले पूर्वाञ्चल ठप्प प्रायः बन्दै गएको छ । संखुवासभा जिल्लालाई दुई प्रदेशमा टुक्राउन पाइन्दैन भन्ने मागसहित एक सातायता...

एम्बुलेन्स चालक आन्दोलित

दमक, १२ जेठ/सुरक्षाको माग गर्दै झापा माईपश्चिम क्षेत्रका एम्बुलेन्स चालकहरुले सेवा ठप्प पारेपछि बिरामीहरुको उपचारमा समस्या भएको छ । कतिपय ग्रामीण बस्तीहरुमा सुत्केरी ब्यथा लागेका महिलाहरुलाई अस्पताल सम्म पु¥याउन कठिन भएको छ । बन्द र हड्तालका आयोजकहरुले एम्बुलेन्समाथि आक्रमण जारी राखेपछि चालकहरुले एम्बुलेन्स सेवा ठप्प पारेका हुन् । बुधबार राति मेचीनगरको इटाभट्टामा बन्दकर्ताहरुले दमकस्थित मानबहादुर स्मृति प्रतिष्ठानद्वारा सञ्चालित मे १ च ८९६ नम्बरको एम्बुलेन्सका चालक अमित ताजपुरियालाई हातपात गरेको विरोधमा रातिदेखि नै सेवा बन्द गरेका हुन् । दमकस्थित...

संघर्ष समितिद्वारा सरकारको आलोचना

दमक, १२ जेठ/राष्ट्रिय अखण्डता र जातीय सद्भावका लागि भन्दै विभिन्न जातीय संगठनहरुले गठन गरेको संयुक्त संघर्ष समितिले वर्तमान सरकार र केही दलका पछिल्ला गतिविधिहरुको कडा शब्दमा आलोचना गरेको छ । समितिले सरकार र केही दलहरुले सर्वोच्च अदालतले समेत अन्तिम पटक यस अघि नै संविधान सभाको म्याद थप गर्न मौका दिइ जेठ १४ पछि म्याद थप्न नपाउने फैसला सुनाएकोमा सो को उल्लंघन गर्ने चेष्टा सरकारले नै गरिरहेको आरोप लगाएको छ । बिहीबार दमकमा आयोजित पत्रकार सम्मेलनमा वितरित प्रेस बिज्ञप्तिमा जातीय सद्भाव बिगार्न स्वयम् सरकार नै लागि परिरहेको आरोप पनि लगाइएको छ । संघर्ष...

आजदेखि विद्यालय खुल्ने

दमक, १२ जेठ/संघीय लिम्बुवान राज्य परिषद्ले जारी राखेको आम हड्तालका बाबजुद आजदेखि विद्यालयहरु पूर्ववत सञ्चालन हुने भएका छन् । परिषद्का केन्द्रीय सदस्य लाजेहाङ सामयु र प्याब्सनका पूर्वाञ्चल सह–संयोजक गोविन्द लम्सालले बिहीबार छुट्टाछुट्टै विज्ञप्ति निकालेर विद्यालयलाई शान्ति क्षेत्रका रुपमा लिइँदै प्याब्सनको अनुरोधलाई मध्यनजर गरी विद्यालय बन्द खुलाइने जनाएका हुन् । विज्ञप्तिमा शैक्षिक संस्थाका सवारीहरु समेत शिक्षक, विद्यार्थीको आवत्जावतका लागि खुला रहने जनाइएको छ । लम्सालद्वारा जारी विज्ञप्तिमा परिषद्ले आफूहरुको आग्रहलाई सकारात्मक रुपमा ग्रहण गरेकोमा...

म्याद नथपःसर्वोच्च

काठमाडौ, १२ जेठ/सर्वोच्च अदालतले संविधानसभाको म्याद थप प्रकृया अघि नबढाउन अन्तरिम आदेश दिएको छ । यससँगै अब जेठ १४ मा नै संविधान जारी गर्नु पर्नेछ । जेठ १४ मा संविधान जारी गर्न नसके सर्वोच्चले यसअघि भने सुझाए जस्तो जनमत संग्रह, संविधानसभाको अर्को निर्वाचन लगायतका विकल्पमा जानु पर्नेछ । संविधानसभाको म्याद थप ३ महिना थप्न सरकारले संसदमा दर्ता गरेको अन्तरिम संविधान संशोधन विधेयकविरुद्ध परेको रिटमा बिहीबार सुनुवाई गर्दै प्रधानन्यायाधिश खिलराज रेग्मीको एक इजलासले संविधान संशोधन प्रकृया यथास्थितिमा राख्न...

शान्ति–सद्भाव ¥याली सम्पन्न

दमक, १२ जेठ/शान्ति र सामाजिक सद्भाव कायम राख्न आव्हान गर्दै झापाको दमकमा बुधबार वृहत् सद्भाव ¥याली सम्पन्न गरिएको छ । एकीकृत नेकपा माओवादी, नेपाली कंग्रेस र नेकपा एमाले लगायतका दुई दर्जन बढी संघसंस्थाहरुको सहभागितामा ¥याली सम्पन्न भएको थियो । गणतन्त्र चोकबाट निस्किएको ¥याली नगर परिक्रमा गरी पुनः गणतन्त्र चोकमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै विभिन्न पार्टीका स्थानीय नेताहरुले सामाजिक सद्भाव वृद्धि गर्न ¥याली आयोजना गरिएको बताएका थिए । कार्यक्रममा सामाजिक संघसंस्थाका तर्फबाट नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकका सभापति प्रकाश बुढाथोकी,...

ओजस्वीको दोस्रो कोशेली ‘कसम हजुर’

पथरी, १२ जेठ/ ‘कसम हजुर’ । एक प्रेमीले आफ्नो प्रेमिकालाई मायामा विश्वास दिलाउन प्रयोग गर्ने शब्द हो । तर, ओजस्वी कला केन्द्र पथरीका लागि भने प्रेमिकालाई विश्वास दिलाउन नभई स्रोताको ढुकढुकीमा बस्न ल्याइएको सांगीतिक कोशेली हो ‘कसम हजुर’ । आफ्नो गौरवमय दशौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा ओजस्वी म्युजिक सेन्टरको दोस्रो कोशेलीका रुपमा ‘कसम हजुर’ नामक एल्वम् भर्खरै बजारमा ल्याएको छ । विभिन्न ख्यातिप्राप्त गायक–गायिकाहरुको स्वरवद्ध ७ वटा गीत समावेश रहेको यस एल्बम्का सम्पूर्ण गीतको रचना लालीमा श्रेष्ठले...

माओवादीको भेला

चुलाचुली, १२ जेठ/ एकीकृत नेकपा माओवादीको चुलाचुली गाउँ भेला बिहीबार सम्पन्न भएको छ । भेलाले हर्क लिम्बूको संयोजकत्वमा ५ सदस्यीय जनस्वयम्सेवक दल गठन गरेको बताइएको छ । पार्टीका गाउँ कमिटी सेक्रेटरी तिलप्रसाद आङ्थुपोको अध्यक्षता र लिम्बुवान राज्य सहसेक्रेटरी मौसम लिम्बूको प्रमुख आतिथ्यमा भएको भेलामा संयुक्त राष्ट्रिय जनआन्दोलन समितिका जिल्ला सदस्य तुला लावतीले पनि बोलेका थिए । भेलामा पार्टीभित्रको आन्तरिक समस्याहरुबारे कार्यकर्ताहरुसँग छलफल भएको बताइएको छ । भेलामा करिब एक सय कार्यकर्ताहरु सहभागिता थिए...

निजी शिक्षकहरुको सुविधाबारे अनुगमन

दमक, १२ जेठ/ निजी विद्यालयका शिक्षकहरुको सेवा सुविधाका बारे सरोकारवालाहरुले अनुगमन गर्ने भएका छन् । निजी विद्यालयका शिक्षकहरुको सुविधा बारे विद्यालय सञ्चालकहरु र शिक्षकहरुको प्रतिनिधित्व मूलक संख्या बीच पछिल्लो सहमति अनुरुप सहमति कार्यान्वयन भए नभएका बारे अनुगमन गरिने भएको हो । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) र संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) बीच गत वैशाख २७ गते सुरुङ्गामा आठ बुँदे सहमति भएको थियो । इष्टुका जिल्ला सचिव होमराज खतिवडाका अनुसार निजी विद्यालयमा कार्यरत शिक्षकहरुको पारिश्रमिक प्रा.वि. तहमा ६६ सय निमावि तहमा...

अधिकारकर्मीहरुको ध्यानाकर्षण

दमक, १२ जेठ/लगातारको बन्द, हड्तालका कार्यक्रमहरुका कारण जनजीवनमा परेको नकारात्मक असरप्रति पूर्वाञ्चलमा क्रियाशील अधिकारकर्मीहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनीहरुले बन्दकर्ताहरुबाट सञ्चारकर्मी र सञ्चारगृह तथा आपत्कालिन सेवाको साधन एम्बुलेन्सहरुमा भएको आक्रमणको निन्दा समेत गरेका छन् । त्यस्तै विद्यालयहरुमा बालबालिकाहरुको पढ्न पाउने नैसर्गिक अधिकार हनन् भएको प्रति समेत अधिकारकर्मीहरुले आपत्ति जनाएका छन् । बिहीबार अधिकारकर्मीहरुद्वारा जारी संयुक्त प्रेस बिज्ञप्तिमा बन्दकर्ताहरुलाई अन्तर्राष्ट्रिय मानवीय कानुन तथा मानवअधिकारको सम्मान गर्दै...

नगरकपमा १० र ३ भीड्दै – खेल समाचार

दमक, १२ जेठ/ दमकमा जारी नगरकप वडास्तरीय फुटबल प्रतियोगिताको उपाधिका लागि दमक १० र ३ फाइनलमा पुगेका छन् । बिहीबार सम्पन्न अन्तिम सेमीफाइनलमा दमक–१० ले १३ लाई हराउँदै समूह ‘बी’ बाट फाइनलमा प्रवेश गरेको हो । बिजेता टिमले १३ लाई शुन्यका विरुद्ध ४ गोल गरेको थियो । खेलको पूर्वार्धमा बिजयी टिमका प्रविण लिम्बूले एक गोल गरेका थिए । यस्तै मध्यान्तरपछि प्रविणले थप १ गोल गरे भने पारस लिम्बू र देउमान लिम्बुले १÷१ गोल गरी १० लाख अग्रता दिलाएका थिए । सो खेलमा बिजेता टिमका प्रविण लिम्बु म्यान अफ द म्याचबाट पुरस्कृत भएका आयोजक ध्रुवतारा स्पोर्टिङ क्लबका अध्यक्ष...

कहिले पुग्ला अमेरिका ?

नेपालमा केही भागको सुटिङ गरी अमेरिकामा सुटिङ गर्ने भनि ब्रेक गरिएको फिल्म “ए फर अमेरिका” को बाँकी काम कहिले शुरू हुन्छ भन्ने टुंगो लाग्न सकेको छैन । गत दशैं महिनामा सुटिङ गरी ब्रेक भएको सो फिल्म एक वर्ष पुग्नै लाग्दा पुनः सुचारू हुन नसक्दा कतै सधैंका लागि ब्रेक हुने त हैन भन्ने प्रश्न पनि उब्जिन थालेको छ । “मातृभूमि” फिल्म पछि दुई वर्ष ब्रेक लिएर “ए फर अमेरिका” को निर्देशन शुरू गरेका नारायण पुरीले निर्माण युनिट र कलाकारलाई सुटिङ चाँडै शुरू हुने आश्वासन दिएका छन् तर उनको त्यो चाँडो कहिलेको हो युनिट...

गणतान्त्रिक मोर्चाको विद्यार्थी संगठन

पथरी, १२ जेठ/ किशोरकुमार विश्वास नेतृत्वको आदिवासी जनजाति गणतान्त्रिक मोर्चाको विद्यार्थी संगठन नेशनल फेडरलिष्ट रिपब्लिकन स्टुडेन्ट अलाइन्सको केन्द्रीय समिति गठन भएको हो । बुुधबार मोरङ पथरीस्थित पथरी बहुमुखी क्याम्पसमा भएको भेलाले अर्जुन आङ्देम्बेको अध्यक्षतामा २१ सदस्यीय केन्द्रीय समिति गठन भएको हो । समितिको सह–अध्यक्षमा श्रवणकुमार साह, उपाध्यक्षमा आशनारायण चौधरी, महासचिवमा पृथ्वीचन्द्र चौधरी, सह–महासचिवमा सोमकुमार सम्बाहाम्फे, कोषाध्यक्षमा वुद्ध केरुङ, प्रवक्तामा भवानीबिक्रम तुम्बाहाम्फे चयन भएका छन् । भेलामा मोर्चाको केन्द्रीय महासचिव राजकुमार...

माओवादी पुनर्गठित

पथरी, १२ जेठ/ एकीकृत माओवादीको अमरदहमा मंगलबार भएको भेलाले योगेन्द्र राजवंशीको नेतृत्वमा नया“ समिति चयन भएको छ । समितिको सेक्रेटरीमा शिवानाथ चौधरी, सह–सेक्रेटरीमा महोमद अवलाल, महोमद रेसुवा, सदस्यहरुमा देवीलाल हास्दा, लक्ष्मीकान्त भट्टराई, भातुुलाल ठाकुर, मिना कटेल, युवाराज राजवंशी, योगेन्द्र खड्का, मनरुपा राई, लोकबहादुर तामाङ, गंगा भण्डारी, इन्द्र प्रसाई, सदानन्द पासवान र रामुु गन्गाई चयन भएको पार्टीका कोचिला राज्य समिति सदस्य बालकुुमार मागर (विकास) ले बताए । भेलामा कोचिला राज्य समिति सदस्य सिताराम बुुढाथोकीको समेत उपस्थिति रहेको थियो...

पूर्वाञ्चल इसाई समाजका माग

दमक, १२ जेठ/ नयाँ बन्ने संविधानमा धार्मिक स्वतन्त्रता सहितको धर्मनिरपेक्षताको ग्यारेण्टीलाई अपरिवर्तनशीलका रुपमा लिपिबद्ध गर्न पूर्वाञ्चल इसाई समाजले माग गरेको छ । समाजले बुधबार दमकमा पत्रकार सम्मेलन गरी तोकिएकै समयमा नयाँ संविधान जारी गर्न, धार्मिक जातीय सहिष्णुता कायम गरी शान्ति स्थापना गर्न, अल्पसंख्यक इसाइ लगायत अन्य अल्पसंख्यक धर्मावलम्बी र जातजातिहरुको हक र अधिकारको सुनिश्चितताको ग्यारेण्टी संविधानमा नै गर्न र जनचाहना अनुसार प्रदेशको नामाङ्कन र सीमाङ्कन गरी प्रदेशको  घोषणा गर्न समेत माग गरेको छ । पत्रकार सम्मेलनमा समाजका अध्यक्ष दानिएल...

बे्रथलाईजरको प्रयोग गरी इलाममा मापसे चेकजाँच तीब्र

इलाम, १२ जेठ/इलाममा बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले गत हप्तादेखि जिल्ला ट्राफिक प्रहरी कार्यालयले सुरु गरेको मापसे चेकजाँचलाई तीब्रता दिएको छ । इलाम सदरमुकामको दुर्घटनाबाट प्रभावित क्षेत्रलाई मध्यनजर गरि ट्राफिक प्रहरी र जिल्ला प्रहरीको संयुक्त टोलिले मापसे चेकजा“चलाई तीब्रता दिएको हो । ट्राफिक प्रहरीले सदरमुकामको माइखोला, जिरो किलोमिटर, धोविधारा, चोकबजार र मेची राजमार्गका विभिन्न स्थानमा मापसे चेकजा“चलाई तीब्रता दिएको ट्राफिक प्रहरी कार्यालयका इन्चार्ज डम्बर थापाले बताए...

वडा नागरिक मञ्चद्वारा सरसफाई कार्यक्रम

इलाम, १२ जेठ/इलामको इभाङ–७ मा गठन गरिएको वडा नागरिक मञ्चले स्थानीय विद्यालयको सरसफाई र घेराबारा गरेको छ । स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजीसीडीपी) अन्तर्गत सञ्चालन भईरहेको सामाजिक परिचालन कार्यक्रमको क्रममा गठित मञ्चले जनकल्याण निम्न माध्यमिक विद्यालयको परिसर सरसफाई र कम्पाउण्ड घेराबारा गरिदिएको हो । मञ्चले समाज विकासका लागि नया“ काम गरौ“ भन्ने अभियान अन्तर्गत एक दिन जनश्रम जुटाएर सो कार्य गरेको हो । श्रमदान कार्यमा मञ्चले पदाधिकारी सहित स्थानीयको समेत सहभागिता जुटाएको थियो । सो कार्यमा मञ्चका पदाधिकारी र स्थानीय समेत गरी ५८ जनाको...

सञ्चारमाथिको आक्रमणको भत्र्सना

उर्लाबारी, १२ जेठ/ पछिल्लो समयमा देश संक्रमणकालबाट गुजिरहेको कारण कुन अवस्थामा पुग्ने हो भन्ने खतरा रहेको एक कायक्रमका सहभागीहरुले  बताएका छन् । मोरङको उर्लाबारीमा बुधबार सञ्चार क्लव नेपाल उर्लाबारीको आयोजना तथा एफवान सीसी कम्प्युटर र राजघाट दुग्ध सहकारी संस्था लिमिटेडको सहयोगमा गरिएको वर्तमान राजनितिक अवस्थामा प्रेसको भूमिका विषयक बृहत् अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले सो कुरा बताएका हुन् । उनीहरुले पछिल्लो समय बन्दक–हड्तालका क्रममा सञ्चार गृह र पत्रकारमाथि भएको कुटपित तथा आक्रमणको समेत निन्दा गरेका छन् । कार्यक्रममा बोल्दै उर्लाबारी...

‘संघीयता र जातीय मन्थन’ – दोस्रो लेख

बबी राई संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान जारी गर्ने दिन गन्तिको नजिक आइरहेको अवस्थामा सबै नेपाली नागरिकहरू आफ्नो पक्षको, हितको संविधान आउला नआउला भनि चिन्तित भएर बन्द, हड्ताल, जुलुश जस्ता माध्यमबाट विरोध तथा खबरदारी गरिरहेका छन् । हाम्रो जस्तो बहुजाति, बहुभाषी, बहुसांस्कृति भएको देशमा सबैको भावना समेटेर संविधान जारी गर्नु चानचुने कुरो होइन, त्यसमाथि पनि साना ठूला राजनीतिक दलहरूको दाउपेच सत्ता लिप्सा र भागबण्डाका घृणित खेलले संविधान लेखन अझ जटिल भएको र जेलिएको छ । जनताको हितको संविधान जेठ १४ मा आउला÷नआउला, आउँदा कस्तो संविधान आउँछ,...

संविधानसभाका चार वर्ष - पहिलो लेख

सुशील पन्त  दुई वर्षमा संविधान लेखन सम्पन्न गर्ने लक्ष्यसहित गठन गरिएको संविधानसभाले चार वर्ष पूरा गरेको छ । मुलुकको विशिष्ट राजनीतिक परिस्थितिलगतयत विभिन्न कारणले संविधानसभाले तोकिएको समयमै संविधान बनाउन नसकेर पटक/पटक म्याद थप गर्ने अवस्थाको सृजना भयो। समयमै संविधान बनाउन नसकेको भनेर आलोचित भए पनि विश्वमै समावेशी चरित्रको मानिएको नेपालको संविधानसभाले महिला, मुस्लिम, अल्पसङ्ख्यक समुदायको अधिकार स्थापित गरिदिएको छ । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्ष लामो राजतन्त्रको अन्त्य गर्दै...

इतिहासको साक्षी समय – खुल्ला आकाश

धनकुटे कान्छा अहिले हामी उपलब्धी नै उपलब्धीको बीचमा उभिएका छौँ । उपलब्धी हामीलाई देखेर छक्क परेको छ । छक्क यस मानेमा कि उपलब्धी नै उपलब्धी बीचम मुकदर्शक भएर लाटो हुँदै गएको छ । अहिले पार्टी छ । पार्टीको निर्देशनमा नेता छैन । नेता छ । नेताको निर्देशनमा जनता छैन । अध्यारो पछिको झलमल्ल उज्यालोमा एक्कासी दृष्टि कमजोर भए झैँ अहिले भएको विचती जस्तै पनि भएको छ । पार्टीसँग नेता नहुनु । अर्थात अहिले पार्टीको धारणा हैन नेताको व्यक्तिगत धारणा हुनु । पार्टीसँग पार्टी नहुनु अर्थात पार्टीसँग पार्टी हुनु पनि नहुनु पनि । हुनु र नहुनु जस्तै । छ पनि छैन पनि । जनता...

शृङख्लाबद्ध आक्रमणको विरोध – सम्पादकीय

बुधबार र बिहीबार दुई दिनका लागि झापाभरका छापाजन्य सञ्चारमाध्यमले प्रकाशन रोके । निरन्तरको प्रेस माथिको आक्रमण र हस्तक्षेपका कारण आम पाठक तथा जनतालाई सूचनाको हकबाट वञ्चित हुनुपर्ने स्थिति सृजना भयो । नेपाली जनताले लडेर–भिडेर ६ वर्ष अघि मुलुकमा प्रादुर्भाव गरेको लोकतन्त्रको पराकाष्ठक नै झापाली सञ्चारमाध्यमले २ दिनका लागि जुन आन्दोलन गरे त्यसले आफै स्पष्ट गर्ने छ । नेपाली राजनीतिक इतिहासमा पञ्चायतकालीन ‘सेन्सरसीप’ यताका अवस्थामा करीब २४ वर्षको अनुभवलाई हेर्दा नेपाली प्रेसमाथि गत सोमबारदेखि जुन हर्कत प्रस्तुत भयो र जसरी शृङ्खलाबद्ध आक्रमण भए यी अवस्थाहरूले...

जेठ १४ मा संविधान आउनेमा शंका – मुख्य समाचार

सहमति उल्टाउँदै दलहरुकाठमाडौं, ९ जेठ/सहमतिको मसी सुक्न नपाउँदै प्रमुख दलहरुले फेरि विवाद उल्ट्याएका छन् । एकाएक सहमतिबाट पछि हटेका दलहरुको अविश्वासले जेठ १४ भित्रै संविधान जारी हुनेमा आशंका उत्पन्न भएको छ । संविधानका दुई महत्वपूर्ण विवादित विषय शासकीय स्वरुप र राज्य पुनर्संरचनामा सहमति भएको एक साता नपुग्दै प्रमुख दलहरु पुनः प्रकृयातर्फ सोझिएका छन् । बहु पहिचानसहितका ११ प्रदेश बनाउने सहमतिमा माओवादी र मधेसी मोर्चा अडिन सकेनन् भने कांग्रेस–एमाले मंगलबारको सहमतिबाट दायाँ– बायाँ नगर्ने अडानमा रहेपछि...

पत्रकारमाथि दुव्र्यवहार

विभिन्न पक्षबाट भत्र्सनादमक, ९ जेठ/आदिवासी जनजाति संयुक्त संघर्ष समितिले गरेको आमहड्तालका क्रममा सोमबार झापामा बिभिन्न सञ्चारकर्मीमाथि दुव्र्यवहार भएको छ । केहि सञ्चारकर्मी र सञ्चारगृहका सवारी साधनमा समेत क्षति पु¥याइएको छ । हड्तालकै क्रममा झापाको दमकमा समाजवादी आवाज मासिकका सम्पादक चन्द्रमणि गुरागाँईमाथि दुव्र्यवहार भएको छ । बिराटनगरबाट दमकतर्फ आउँदै गरेका उनलाई अपरान्ह दमक चोकमा बन्दकर्ताहरुले बन्द उल्लङ्घन गरेको भन्दै उनीमाथि ईटा तथा लाठी समेत प्रहार गरेका छन् । सोसँगै उनी सवार को.५ प ४३०३ नम्बरको मोटरसाईकल तोडफोड गरिएको छ । यस्तै दमकको हिमशिखर...

बन्दले जनजीवन प्रभावित

दमक, ९ जेठ/आदिवासी जनजाति संयुक्त संघर्ष समितिले आह्वान गरेको आमहड्तालको दोश्रो दिन देशका सबै जसो स्थानमा बजार, पसल, उद्योग तथा सवारी साधन ठप्प भए । हड्तालका क्रममा बिभिन्न स्थानमा सभा तथा भेलाहरु सम्पन्न गरिए । सडकमा बिहानैदेखि बन्दकर्ताहरु भेला भई बसेका थिए । साँझ दमकको गणतन्त्र चोकमा भएको कोणसभामा बक्ताहरुले आदिवासीका मुद्दालाई दवाउन खोजे थप सशक्त आन्दोलन गर्ने चेतावनी दिए । कार्यक्रममा आदिवासी जनजाति महासंघ नगर समन्य परिषद्का अध्यक्ष मोहन धिमाल, मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्का...

बन्दकर्ता र स्थानीयबीच झडप

ललितपुर, ९ जेठ/ललितपुरको इमाडोलमा बन्दकर्ता र स्थानीयबीच भएको झडपका कारण त्यस क्षेत्रमा तनाव बढेको छ । दुवैपक्षबीच ढुङ्गा हानाहान भएको थियो । प्रहरीले हस्तक्षेप गरी दुवै पक्षलाई दुई तिर पु¥याएको छ । बन्द गराउँदै हिडेका समूहसँग स्थानीयले प्रतिवाद गरेपछि त्यहाँ स्थिति तनावपूर्ण भएको ललितपुरका प्रहरी प्रमुख एसएसपी राजेन्द्रमान श्रेष्ठले बताए । उनले अहिले स्थिति सामान्य बन्दै गएको जनाए । प्रहरीले बल प्रयोग गरेर दुवै पक्षलाई दुई तिर पु¥याएको छ । त्यसक्रममा प्रहरीले २ र ३ राउण्ड अश्रुग्याँस र लाठी प्रहार गरेको थियो । दुवै पक्षका केही व्यक्ति घाइते...

प्रमद्वारा सुरक्षा संयन्त्रलाई निर्देशन

काठमाण्डौ, ९ जेठ/प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुरक्षा संयन्त्रहरुलाई उच्च सतर्कताका साथ काम गर्न निर्देशन दिएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा प्रधानमन्त्री डा. भट्टराईले जेठ १४ वरिपरी हुनसक्ने सम्भावित अप्रिय घटनाहरु रोक्नका लागि उच्च सतर्कता र संयमताका साथ काम गर्न निर्देशन दिएका हुन् । जेठ १४ वरिपरी विभिन्न मागराखी आन्दोलन चर्काउन खोज्नु स्वभाविक भएको भन्दै प्रधानमन्त्रीले यसलाई राजनीतिक रुपमै हल गरिने भए पनि सुरक्षा निकायहरु सतर्क रहनुपर्ने...

बन्दकर्ता र सरोकारवालाबीच सहमति

सुरुङ्गा, ९ जेठ/ विभिन्न समूहले जारी राखेको आम हड्तालबाट झापामा उत्पन्न विषम परिस्थितिलाई सहज बनाउन आन्दोलनरत पक्ष र सरोकारवाला बीच सहमति भएको छ । संवाद समूह झापाको सहजीकरणमा सोमबार बिर्तामोडमा झन्डै सात घण्टासम्म चलेको छलफलमा साझ सात बजेदेखि बिहान ५ बजेसम्म यातायात खुल्ला रहने, मोटरसाइकललाई निर्वाध सञ्चालन गर्न दिने, अत्यावश्यकीय सेवा निर्वाध सञ्चालन हुन दिने, सुरुङ्गा बजार बन्द निषेधितको सन्दर्भमा मंगलबारमध्यान्न १२ बजेपछि खुला गर्न दिने र त्यस अघि आन्दोलनरत पक्षले सुरुङ्गामा शान्तिपूर्ण रुपमा कोणसभा गर्ने सहमति भएको हो । आदिवासी जनजाति संयुक्त...

विद्युत कर्मचारीलाई कार्वाही

विराटनगर, ९ जेठ/दुई उद्योगबाट मासिक आठ हजार रुपैयाँ लिई विद्युत् चोरीमा सहयोग गर्ने नेपाल विद्यत् प्राधिकरण विराटनगर शाखाका एक कर्मचारी कारबाहीमा परेका छन् । अवैध रुपमा विद्युत् चोरी गरेको आरोपमा मोरङको मझारेस्थित साह लघु उद्योग र प्रमोद राइस मिलमा नेपाल विद्युत् प्राधिकरण विराटनगर शाखाका इलेक्ट्रिसियन मनोजकुमार मण्डल कारबाहीमा परेका हुन् । उनीमाथि निलम्बन प्रकृया अगाडि बढाइएको प्रधिकरणले जनाएको छ । क्षेत्रीय विद्युत् प्राधिकरणको मिटर जडान गरी विद्युत् चोरी गरेर बिक्री गरेको पुष्टि भएपछि उनीमाथि कारबाही थालेको प्राधिकरणको विराटनगरस्थित प्रशासन...

लगातारको बन्दले मजदुर मर्कामा

सरोज बस्नेत उर्लाबारी, ९ जेठ/ संबिधान सभाको म्याद नजिकिदै जाँदा लगातारको बन्द, हड्तालको कारण दैनिक रोजगारी गरी जिविकोपार्जन गर्ने मजदुरहरुलाई कठिनाई उत्पन्न हुन थालेको छ । पछिल्लो समयमा जातीय पहिचानसहितको संघीयताको माग गर्दै नेपाल आदिबासी जनजाति महासंघको आह्वान गरेका बन्द र विगत दुई साता यता निरन्तर बिभिन्न समूह र संगठनले गरिरहेको बन्द, हड्तालको  कारण मजदुरलाई जिविकोपार्जनमा कठिनाई हुन थालेको हो । खस क्षेत्री एकता समाज, मधेसी मोर्चा, बाह्मण समाज, लिम्बुवान, थारुहाट, खस बाह्मण, खस क्षेत्री, दशनामी, दलित लगायत संयुक्त मोर्चाले बन्द,  हड्ताल...

महासंघद्वारा ज्ञापनपत्र

काठमाडौं, ९ जेठ/आदिवासी जनजाति संगठनको बन्दको क्रममा सञ्चारकर्मीमाथि आक्रमण भएको बिरोधमा नेपाल पत्रकार महासंघले गृहमन्त्री विजयकुमार गच्छदार समक्ष ज्ञापनपत्र बुझाएको छ । महासंघ अध्यक्ष शिव गाउँलेको नेतृत्वमा गृहमन्त्रालय पुगेको महासंघको टोलीले सञ्चारकर्मीमाथि भइरहेका आक्रमण तत्काल रोक्न र दोषीलाई कार्वाही गर्न माग सहित ज्ञापनपत्र बुझाएको हो । पत्रकारमाथि आक्रमण भइरहँदा प्रहरी प्रशासन मुकदर्शक भएको भन्दै पत्रकारले आक्रोश पोखेका थिए । जवाफमा गृहमन्त्री गच्छदारले प्रदर्शनलाई मुठभेडमा जान नदिन प्रहरीले संयमता अपनाएको भएपनि प्रेसमाथिको आक्रमण रोक्न...

राजवंशी परिषद् गठन

दमक, ९ जेठ/ मञ्च सम्बद्ध संघीय लिम्बूवान राज्य परिषद्ले संघीय राजवंशी स्वायत्त परिषद् गठन गरेको छ । मेरी राजवंशीको अध्यक्षतामा भएको भेलाले मानबहादुर राजवंशीको अध्यक्षतामा राजवंशी परिषद् गठन गरेको हो । परिषद्को प्रथम उपाध्यक्ष जयकुमार राजवंशी, द्वितीय उपाध्यक्ष भिमिलेशकुमार, तृतीय उपाध्यक्ष धिरेनकुमार, सचिव गोपीनाथ, सह–सचिव बिजय र कोषाध्यक्षमा अनिल राजवंशी रहेका छन् । परिषदको केन्द्रीय जनसंगठन सचिवमा छविलाल र प्रचार–प्रसार सचिवमा चन्द्रप्रसाद राजवंशी चयन भएका छन् । समिति १ सय ५० जनाको रहेको छ । संघीय महिला परिषद्की केन्द्रीय अध्यक्ष शान्ता योङ्हाङ्को...

वडा नम्बर–३ सेमिफाइनलमा

दमक, ९ जेठ/वडा नम्बर–१५ लाई उछिनेर दमक–३ ले दमकमा जारी वडास्तरीय नगरकप फुटवलको सेमीफाईन यात्रा निश्चित गरेको छ । सोमबारको खेलमा टाईब्रकरबाट लिइएको निर्णयमा ५–३ ले दमक–३ बिजयी भएको हो । बिजयी टिमका बिकास पाठक सो खेलका म्यान अफ दि म्याच घोषित भए । अन्तिम सेमिफाईनल खेल आज वडा नम्बर–१० र ११ बीच हुने आयोजक ध्रुवतारा स्पोर्टिङ् क्लबले जनाएको छ...

खोटाङमा भेटियो रेडपाण्डा

खोटाङ, ९ जेठ/खोटाङको फेदी, चिउरीडाँडा, निर्मलीडाँडा र पाथेका गाविसमा लोपोन्मुख बन्यजन्तु रेडपाण्डा भेटिएको छ । फेदीको ४ वटा,  चिउरीडाँडा, निर्मलीडाँडा र पाथेकाको एक÷एक वटा सामुदायिक वन समूहमा रेडपाण्डा भेटिएको हो । झट्ट हेर्दा कुकुरजस्तै देखिने, जंगलमा प्रायः एक्लै हिँडडुल गर्ने, रातो शरीर र सेतोमुख भएको रेडपाण्डा मालिङ्गो जातको वनस्पति पाईने जंगलमा भेटिने गरेको फेदीस्थित स्थानीय फुङगालुङ सामुदायिक वन समूहका अध्यक्ष ज्ञानकुमार राईले बताए । मालिङगोको टुसा र पात खाने ५ किलो तौल बराबरको रेडपाण्डा मान्छेसँग पनि आर्कषित हुने गरेको स्थानीयबासीको...

दाहसंस्कार स्थल व्यवस्थित बनाइँदै

उर्लाबारी, ९ जेठ/मोरङको  उर्लाबारीमा ब्यवस्थित दाहसंस्कार स्थल निर्माण गर्न स्थानीय एक जुट भएर लागि परेका छन् । उर्लाबारी–१ स्थित बक्राहा खोलामा घाट निर्माण गर्न सबै एक जुट भएर लागि परेका हुन्  । गत बैसाख २५ गतेबाट निर्माण थालिएको सो घाटको निर्माण कार्य मध्यम अवस्थामा पुगेको उपभोक्ता समितिका अध्यक्ष गंगाप्रसाद खरेलले बताए । तारजाली खरिद गरेर स्थानीयबासीको श्रमदान र आर्थिक सहयोगमा निर्माण कार्य भइरहेको उनले जानकारी दिएका छन् । स्थानीयबासीबाट अहिलेसम्म १० लाख बराबरको बचनदान प्राप्त भएपनि नगद ५ लाख भन्दा बढी सङ्कलन भएको र सङ्कलन हुने कार्य...

उन्नत जातको मकैको बिउ

खोटाङ, ९ जेठ / खोटाङको दुईवटा गाविसमा उन्नत जातका मकैको बिउ उत्पादन हुने भएको छ । जिल्लाको हलेसी र दुछिर्म गाविसका  दुई सय रोपनी जमिनमा देउती र मनो–३ जातको मकैको बीउ उत्पादन गर्न लागिएको हो । किसानका लागि आवश्यक पर्ने उन्नत जातको मकैको बीउ जिल्लामै उत्पादन गर्ने उद्देश्यले हलेसी र दुछिर्मका ५० जना किसानलाई उन्नत जातको मकैको बीउ उत्पादन गर्न लगाएको जिल्ला कृषि कार्यालयले जनाएको छ । दुछिर्म–१ तथा हलेसी–२ र ३ का किसानलाई देउती र मनो–३ जातको ३ सय किलोग्राम मकैको बीउ छर्न दिईएको कृषि सेवा केन्द्र हलेसीका प्राबिधिक सहायक शिवानन्द मिश्रले जानकारी...

आलु र केराउको अचार

सामग्री :  १ किलो आलु (उसिनेर छिल्ने र टुक्रा टुक्रा पार्ने), ३ सय ५० ग्राम सानो केराउ (एक रात भिजाएको), १ सय मिलिलिटर तोरीको तेल, १ ठूलो चम्चा मेथीको दाना, ५० ग्राम अमिलो (चुक, कागतीको रस वा भिनेगर) स्वादअनुसार, १ सय ग्राम पिसेको तिल, १ सानो चम्चा बेसार, १ सानो चम्चा जिराको धूलो, १ सानो चम्चा धनियाँको धूलो, १ सानो चम्चा खोर्सानीको धूलो, १ सय ग्राम हरियो खोर्सानी (काटेको), ५० ग्राम हरियो धनियाँ (काटेको), नुन स्वादअनुसार । विधिः पहिले आलु उमालेर बोक्रा फाली टुक्रा पार्ने र एउटा भाँडामा राख्ने...

बिरयानी

चामललाई मुख्य सामग्रीको रूपमा प्रयोग गरी मर मसला र खसी, कुखुरा वा माछा सहित तयार गरिएको परिकार ( En:Boiryani), एसियाको सबै स्थानमा यो स्थान विशेष अनुसार केही फरक तरिका र सामाग्री प्रयोग गरेर बनाईन्छ । सामाग्री : १ किलो बास्मती चामल, १÷२ किलो खसी या कुखुराको मासु बोसो छाला हड्डी नभएको, २०० ग्राम प्याज मसिनो काटेको, १÷२ लि. दूध, बदाम ५० ग्राम, काजु किसमिस ५०÷५० ग्राम, ४÷५ वटा सुकुमेल ल्वाङ इलाइची तेजपात दालचिनी १००÷१००, अदुवा लसुन पिस १०० ग्राम, मटर दाना १०० ग्राम, राम्रो घिउ १०० ग्राम, वदामको तेल...

जाम बनाउने विधि – भान्सा परिकार

छनौट : फल राम्रोसँग पाकेको तर नगलेको, रङ आकर्षक, पेक्रिन पूरा भएको हुनु पर्दछ । जाम जमाउने मुख्य तत्व पेक्रिन हो । काँचो, सडेगलेको, चोट पटक लागेको फल छान्नु हुँदैन । छानेर तयारी फललाई १÷२ प्रतिशत सोडियम हाइड्रोक्साइडले छोएर सफा गर्ने र गुदी निकाल्ने अलिकति पानी राखेर पकाउने । एक किलो गुलियो आँपको गुदीमा ८०० ग्राम चिनी राख्ने तर फलको अमिलोपना हेरेर बराबर चिनी वा सवा किलोसम्म राख्न सकिन्छ । परिरक्षी राख्ने : एक किलो ग्राम गुदीमा सोडियम वा पोटासियम मेटावाई सल्फाइड १.५÷२ ग्रामसम्म राख्ने गरिन्छ तर अति सफा गरी बनाएमा परिरक्षाको आवश्यकता पर्दैन र स्वस्थकर...

ढुसी के हो ?

नेपाली शब्दसागरमा ढुसी शब्दको अर्थ ओस वा चीसो लागेर चीजबीज सड्दा झुस्स उम्रने वा ढुस्स फुलेको देखिने सेतो खालको भुवा वा झुस, ढुँडी भनेर उल्लेख गरिएको छ । आखिर के हो त ढुसी ? ढुसी फन्जाइजगतमा पर्छ, जसमा पीठो जस्तो देखिने पीठो ढुसी, च्याउ, बोटबिरुवामा पर्ने ढुसी, यिष्टलगायत एक लाख भन्दा बढी प्रजाति पर्छन् । अहिलेसम्म थाहा लागे अनुसार लगभग १०० प्रकारका फन्जाइले मात्र मानिस र जनावरलाई बिरामी बनाउँछन् । कसरी बन्छ ढुसी ? ढुसीको जीवनचक्र सूक्ष्म बीजाणुबाट शुरू हुन्छ । यी बीजाणु हावामा तैरिंदै एक ठाउँबाट...

रकेट के हो ? – विज्ञान

हुत्याउने विष्फोटक पदार्थ आफैमा रहेको क्षेप्यास्त्र, अर्थात अन्तरिक्षमा प्रक्षेपण गरिने यानलाई रकेट भनिन्छ । रकेटको रेखाचित्र करिब १,००० वर्षअघि चिनियाँहरूले पहिलो रकेट बनाए तर तिनीहरू आतसवाजी जस्तामात्रै थिए । गन्पाउडरले चल्ने ती आतसवाजी जस्ता रकेटहरू टोकरीमा राखेर पड्काइन्थ्यो । सन् १९२६ मा अमेरिकी नागरिक रोबर्ट गोडार्डले ३.५ मिटर लामो रकेट उडाएका थिए । त्यो यान दुईतले घरको उचाइ बराबर मात्रै उड्न सक्ने र ५६ मिटरमा पुगेर ओल्र्याे । उडानको अवधि केबल २.५ सेकेन्ड मात्रै थियो । यो पहिलो तरल–इन्धनले...

फेरि पुरानै आत्मवञ्चना - दोस्रो लेख

स्वामी आनन्द अरुण प्रश्नः ओशोले यौन (सेक्स) लाई किन यति महत्व दिनु हुन्छ ? के उनी सेक्स गुरु हुन् ? ओशोले महत्व दिनुपर्ने जरूरी छैन, जीवन स्वयंले सेक्सलाई महत्व दिएको छ । किनकी जीवनको प्रारम्भ नै सेक्सबाट हुन्छ । एक स्वस्थ व्यक्तिलाई भोजनपछि दोस्रो प्रवल आवश्यकता सेक्स नै हुन्छ । यो जीवनको एक ठूलो उत्प्रेरणा (मोटिभेशन) हो । सेक्सलाई बुझन र सम्हाल्न नसक्ने हो भने यो जीवनको सबैभन्दा ठूलो बन्धन, पीडा र विक्षिप्तताको कारण पनि बन्दछ । सम्यक रूपले यसलाई बुझ्न र स्वीकार्न सकियो भने यो जीवनको एक ठूलो आनन्द र उन्मुक्ति पनि हो । समस्त जीवनको...