विभिन्न होटलहरुबाट ३२ पक्राउ

दमक÷तीन दिन यता झापाका दमक र बिर्तामोडस्थित विभिन्न होटलहरुबाट ३२ जना युवा युवतीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार नियन्त्रणमा लिएकाहरुमा २१ युवती र ११ जना युवक रहेका छन् । इलाका प्रहरी कार्यालय दमकले बिहीबार
दमकस्थित तीनवटा होटलबाट ६ युवती र एक युवकलाई नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरिएको जनाएको छ ।
प्रहरीले दमकको पश्चिम बस स्टेण्ड आसपासका विष्णु होटल काचन होटल र होराइजन होटलबाट उनीहरुलाई नियन्त्रणमा लिइएको जनाएको छ । प्रहरीले होटल तथा लजहरुमा अस्लिल गतिविधि हुनेगरेको दाबी गर्दै छापामार्ने क्रमलाई तीव्रता दिएको स्रोतले जनाएको छ ।

0 प्रतिकृया:

Post a Comment