नगरकपमा १० र ३ भीड्दै – खेल समाचार

दमक, १२ जेठ/ दमकमा जारी नगरकप वडास्तरीय फुटबल प्रतियोगिताको उपाधिका लागि दमक १० र ३ फाइनलमा पुगेका छन् । बिहीबार सम्पन्न अन्तिम सेमीफाइनलमा दमक–१० ले १३ लाई हराउँदै समूह ‘बी’ बाट फाइनलमा प्रवेश गरेको हो ।

बिजेता टिमले १३ लाई शुन्यका विरुद्ध ४ गोल गरेको थियो । खेलको पूर्वार्धमा बिजयी टिमका प्रविण लिम्बूले एक गोल गरेका थिए । यस्तै मध्यान्तरपछि प्रविणले थप १ गोल गरे भने पारस लिम्बू र देउमान लिम्बुले १÷१ गोल गरी १० लाख अग्रता दिलाएका थिए ।
सो खेलमा बिजेता टिमका प्रविण लिम्बु म्यान अफ द म्याचबाट पुरस्कृत भएका आयोजक ध्रुवतारा स्पोर्टिङ क्लबका अध्यक्ष कमल कटुवालले बताए । प्रतियोगिताको फाइनल खेल आउँदो शनिबार सरस्वती उच्च मा.वि. को खेल मैदानमा हुनेछ । प्रतियोगिताका बिजेता उपबिजेता टिमलाई क्रमशः नगद १० हजार ट्रफी, ८ हजार नगद र ट्रफी प्रदान गरिने क्लबका सचिव चन्द्र खत्रीले जानकारी दिए । दमक नगरपालिकाको सहयोगमा सञ्चालित सो खेल गत वैशाख २९ गतेदेखि सञ्चालन भएको थियो । प्रतियोगितामा दमकका १६ ओटा वडा टिमको सहभागिता रहेको थियो । ध्रुवतारा स्पोर्टिङ क्लबले फुटबल खेलको विकासका लागि १ दशक यता नियमित रुपमा वडास्तरीय खेल आयोजना गर्दै आएको बताइएको छ ।

0 प्रतिकृया:

Post a Comment