सञ्चारमाथिको आक्रमणको भत्र्सना

उर्लाबारी, १२ जेठ/ पछिल्लो समयमा देश संक्रमणकालबाट गुजिरहेको कारण कुन अवस्थामा पुग्ने हो भन्ने खतरा रहेको एक कायक्रमका सहभागीहरुले  बताएका छन् ।
मोरङको उर्लाबारीमा बुधबार सञ्चार क्लव नेपाल उर्लाबारीको आयोजना तथा एफवान सीसी कम्प्युटर र राजघाट दुग्ध सहकारी संस्था लिमिटेडको सहयोगमा गरिएको वर्तमान राजनितिक अवस्थामा प्रेसको भूमिका विषयक बृहत् अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले सो कुरा बताएका हुन् । उनीहरुले पछिल्लो समय बन्दक–हड्तालका क्रममा सञ्चार गृह र पत्रकारमाथि भएको कुटपित तथा आक्रमणको समेत निन्दा गरेका छन् ।
कार्यक्रममा बोल्दै उर्लाबारी बहुमुखी क्यम्पसका प्रमुख गोपाल भण्डारीले देश नेपाल हो हामी नेपाली हौ भन्ने कुरा सबैले बुझन जरुरी रहेको बताए । नागरिकको आँखा नै सञ्चार भएकाले सञ्चार क्षेत्रमाथिको आक्रमण निदनीय कार्य भएको उनले बताए ।
न्यूनतम पारिश्रमिक निधारण समितिका पूर्वाञ्चल संयोजक चेतन अधिकारीले पत्रकारहरु समाज प्रति उत्तरदायी हुनु पर्नेमा जोड दिँदै उनले आदीवासी जनजातिको बन्दको क्रममा पहिलो पटक एकै दिनमा ३२ ओटा सञ्चार माध्यममाथि आक्रमण भएको बताए । नेताहरुले सञ्चारलाई हेर्ने दृष्टिकोण सार्वजनिक गर्नु पर्नेमा उनले जोड दिए ।
कार्यक्रममा उर्लाबारी  जेसीजका अध्यक्ष बिष्णु गुरागाई, महिला अधिकारकर्मी शोभा पालुङ्वा, प्याप्सनका केन्द्रीय सदस्य लेखनाथ भट्टराई, नेपाल आदिवासी जनजाति महासंघका उर्लाबारी अध्यक्ष जय पाख्रिन, एमाओबादीका प्रेम घिमिरे, कांग्रेसका वीरबल थापा, एमालेकी भीष्मा रेग्मी, मञ्चसम्बद्ध संघिय लिम्बुवान राज्य परिषदका नरबहादुर याक्सो, खस क्षेत्री एकता समाजका केन्द्रीय सदस्य भूपाल थापा, उर्लाबारी उद्योग बाणिज्य संघका बिनोद न्यौपाने, साहित्यकार मिश्र बैजयन्ती, व्राह्मण समाजका तेजनाथ निरौला लगयातले प्रेसमाथि भएको आक्रमणको भत्र्सना गरेका थिए ।
कार्यक्रममा राजनीतिक दलका स्थानीय प्रतितिनिधि, संघसंस्था, पत्रकार महासंघ लगायत सरोकारवालाहरुको सहभागिता रहेको सो कार्यक्रममा क्लवका अध्यक्ष रुपेन्द्र शेर्माको अध्यक्षता रहेको थियो ।

0 प्रतिकृया:

Post a Comment