रकेट के हो ? – विज्ञान

हुत्याउने विष्फोटक पदार्थ आफैमा रहेको क्षेप्यास्त्र, अर्थात अन्तरिक्षमा प्रक्षेपण गरिने यानलाई रकेट भनिन्छ ।
रकेटको रेखाचित्र
करिब १,००० वर्षअघि चिनियाँहरूले पहिलो रकेट बनाए तर तिनीहरू आतसवाजी जस्तामात्रै थिए । गन्पाउडरले चल्ने ती आतसवाजी जस्ता रकेटहरू टोकरीमा राखेर पड्काइन्थ्यो । सन् १९२६ मा अमेरिकी नागरिक रोबर्ट गोडार्डले ३.५ मिटर लामो रकेट उडाएका थिए । त्यो यान दुईतले घरको उचाइ बराबर मात्रै उड्न सक्ने र ५६ मिटरमा पुगेर ओल्र्याे । उडानको अवधि केबल २.५ सेकेन्ड मात्रै थियो । यो पहिलो तरल–इन्धनले चल्ने रकेट थियो । वेर्नहर भन ब्राउनले रकेट मिसाइल आविष्कार गरेका थिए । जुन जर्मनरहरूले दोस्रो विश्वयुद्धमा प्रयोग गरेका थिए । त्यस युद्धपछि ब्राउन अमेरिकन स्पेस प्रोग्रामलाई सघाउन अमेरिका ल्याईएका थिए ।

रकेटहरू अन्तरिक्ष यात्राका लागि नभई नहुने कुरा हो । उपग्रह, अन्तरिक्षयान प्रक्षेपण गर्न रकेट आवश्यक पर्छ । अन्तरिक्ष भट्टीहरू निर्माण गर्न आवश्यक पर्ने सामग्रीहरू रकेटकै सहायताले पु¥याइन्छ । रकेटहरू खण्डखण्डमा निर्माण गरिन्छन् । सामान्यतया रकेटमा ३ खण्डहरू हुन्छन् जुन इन्धन रकेट इन्जिनबाट बनेका हुन्छन् । प्रत्येक खण्डहरू काम पूरा भइसकेपछि खस्ने गर्छन् । गह्रौँ रकेट अन्तरिक्षमा प्रक्षेपण गर्न ठूलो शक्तिको आवश्यकता पर्दछ । पृथ्वीको गुरुत्वक्षेत्रबाट बाहिरिन रकेटले ४०,००० कि.मि. प्रतिघण्टाको दरले जानुपर्छ । अन्तरिक्षमा पुगेपछि रकेट २९,००० कि.मि. प्रतिघण्टाका गतिमा कक्षमा ओर्लन्छ ।

0 प्रतिकृया:

Post a Comment