बे्रथलाईजरको प्रयोग गरी इलाममा मापसे चेकजाँच तीब्र

इलाम, १२ जेठ/इलाममा बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले गत हप्तादेखि जिल्ला ट्राफिक प्रहरी कार्यालयले सुरु गरेको मापसे चेकजाँचलाई तीब्रता दिएको छ ।
इलाम सदरमुकामको दुर्घटनाबाट प्रभावित क्षेत्रलाई मध्यनजर गरि ट्राफिक प्रहरी र जिल्ला प्रहरीको संयुक्त टोलिले मापसे चेकजा“चलाई तीब्रता दिएको हो । ट्राफिक प्रहरीले सदरमुकामको माइखोला, जिरो किलोमिटर, धोविधारा, चोकबजार र मेची राजमार्गका विभिन्न स्थानमा मापसे चेकजा“चलाई तीब्रता दिएको ट्राफिक प्रहरी कार्यालयका इन्चार्ज डम्बर थापाले बताए ।

उनका अनुसार सवारी दुर्घटनाको अति संवेदनशील क्षेत्रमा बसेर सवारी चालकहरुलाई ब्रेथलाइजरको माध्यमबाट सवारी चालकहरुले मादक पदार्थ सेवन गरेर सवारी चलाएको छ÷छैन भनेर कडाइका साथ चेकजा“चको अभियानलाई तीब्रता दिएको बताईएको छ ।
विशेष गरी मोटरसाईकल र नीजि सवारी साधनको चेकजाँच गर्ने क्रममा अधिकाशंले मादक पदार्थ सेवन गर्ने गरेको पाईएको इन्चार्ज थापाले बताए ।
‘अधिकाशंले मादक पदार्थ सेवन गरी सवारी साधन सञ्चालन गरेको पाईएको छ’ इन्चार्ज थापाले भने, ‘अब हामी कडाईका साथ यसलाई नियन्त्रण गछौ“’ ।
ट्राफिक प्रहरीले दुर्घटनास्थलमा मापसे चेकजाँचलाई कडाईका साथ लागू गरेको दाबी गरेतापनि सवारी दुर्घटनाकाने संवेदनशील क्षेत्रहरु नेपालटार, रक्से, गोदक लगायतका स्थानमा चेकजाँच गर्न नसकिरहेको अवस्था पाइएको छ ।
मापसे चेकजाँचबाट सवारी दुर्घटना न्यूनीकरण्ँ गर्न दुर्घटनाको संवेदनशील स्थलको अध्ययन गरि ती स्थानहरुमा चेकजाँच गरिनु पर्ने इलामबासीको माग छ ।
ट्राफिक प्रहरीले करिब १०/१२ दिनको अवधिमा मापसे चेकजाँचबाट १० हजार रुपैयाँभन्दा बढी राजस्व समेत सङकलन गरेको जनाएको छ । ट्राफिक प्रहरीले इलाम र फिक्कलमा गरि दुईवटा ब्रेथलाइजरबाट मापसे चेकजाँचलाई तीब्रता दिएको छ ।
यता मापसे चेकजाँच सुरु भएयता मादक पदार्थ सेवन गरेर सवारी चलाउने चालकहरु समेत सतर्क बन्दै गएको ट्राफिक प्रहरीको दाबी छ ।

0 प्रतिकृया:

Post a Comment