महासंघद्वारा ज्ञापनपत्र

काठमाडौं, ९ जेठ/आदिवासी जनजाति संगठनको बन्दको क्रममा सञ्चारकर्मीमाथि आक्रमण भएको बिरोधमा नेपाल पत्रकार महासंघले गृहमन्त्री विजयकुमार गच्छदार समक्ष ज्ञापनपत्र बुझाएको छ ।
महासंघ अध्यक्ष शिव गाउँलेको नेतृत्वमा गृहमन्त्रालय पुगेको महासंघको टोलीले सञ्चारकर्मीमाथि भइरहेका आक्रमण तत्काल रोक्न र दोषीलाई कार्वाही गर्न माग सहित ज्ञापनपत्र बुझाएको हो । पत्रकारमाथि आक्रमण भइरहँदा प्रहरी प्रशासन मुकदर्शक भएको भन्दै पत्रकारले आक्रोश पोखेका थिए ।
जवाफमा गृहमन्त्री गच्छदारले प्रदर्शनलाई मुठभेडमा जान नदिन प्रहरीले संयमता अपनाएको भएपनि प्रेसमाथिको आक्रमण रोक्न निर्देशन दिएको बताए । उनले आक्रमणमा दोषीलाई कार्वाही हुने प्रतिबद्धता पनि जनाए ।

0 प्रतिकृया:

Post a Comment