बन्दकर्ता र सरोकारवालाबीच सहमति

सुरुङ्गा, ९ जेठ/ विभिन्न समूहले जारी राखेको आम हड्तालबाट झापामा उत्पन्न विषम परिस्थितिलाई सहज बनाउन आन्दोलनरत पक्ष र सरोकारवाला बीच सहमति भएको छ ।
संवाद समूह झापाको सहजीकरणमा सोमबार बिर्तामोडमा झन्डै सात घण्टासम्म चलेको छलफलमा साझ सात बजेदेखि बिहान ५ बजेसम्म यातायात खुल्ला रहने, मोटरसाइकललाई निर्वाध सञ्चालन गर्न दिने, अत्यावश्यकीय सेवा निर्वाध सञ्चालन हुन दिने, सुरुङ्गा बजार बन्द निषेधितको सन्दर्भमा मंगलबारमध्यान्न १२ बजेपछि खुला गर्न दिने र त्यस अघि आन्दोलनरत पक्षले सुरुङ्गामा शान्तिपूर्ण रुपमा कोणसभा गर्ने सहमति भएको हो ।
आदिवासी जनजाति संयुक्त संघर्ष समिति, सुरुङ्गाका सरोकारवाला,
 झापाका राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा, अधिकारकर्मी, शान्ति समिति झापाका प्रतिनिधि सम्मिलित वर्तामा यस्तो सहमति भएको हो । सो वार्तामा सुरुङ्गाका सरोकारवालाको नेतृत्व युवराज संग्रौलाले गरेका थिए । आन्दोलनरत पक्षको तर्फबाट संघर्ष समितिका संयोजक प्रेम घिसिङ, धनबहादुर पङधाक सुब्बा, नगेन राई, प्रेम घिमिरे, अभय राजवंशी, श्रीप्रसाद चौधरी, लक्ष्मी याख्या लगायत सहभागी थिए ।
झापाको सुरुङ्गालाई यस अघि नै बन्द निषेधित क्षेत्र घोषणा गरिसकिएकाले हाल जारी आमहड्तालका क्रममा बन्द गराउन खोज्दा झडपको स्थिति श्रीजना भएको थियो ।

0 प्रतिकृया:

Post a Comment