आजदेखि विद्यालय खुल्ने

दमक, १२ जेठ/संघीय लिम्बुवान राज्य परिषद्ले जारी राखेको आम हड्तालका बाबजुद आजदेखि विद्यालयहरु पूर्ववत सञ्चालन हुने भएका छन् ।
परिषद्का केन्द्रीय सदस्य लाजेहाङ सामयु र प्याब्सनका पूर्वाञ्चल सह–संयोजक गोविन्द लम्सालले बिहीबार छुट्टाछुट्टै विज्ञप्ति निकालेर विद्यालयलाई शान्ति क्षेत्रका रुपमा लिइँदै प्याब्सनको अनुरोधलाई मध्यनजर गरी विद्यालय बन्द खुलाइने जनाएका हुन् । विज्ञप्तिमा शैक्षिक संस्थाका सवारीहरु समेत शिक्षक, विद्यार्थीको आवत्जावतका लागि खुला रहने जनाइएको छ ।
लम्सालद्वारा जारी विज्ञप्तिमा परिषद्ले आफूहरुको आग्रहलाई सकारात्मक रुपमा ग्रहण गरेकोमा कृतज्ञता व्यक्त गरिएको छ । साथै, परिषद्का केन्द्रीय सदस्य लाजेहाङ सामयुद्वारा हस्ताक्षरित विज्ञप्तिमा
विद्यालयहरुका विद्यार्थीहरुलाई शैक्षिक गतिविधिहरु भन्दा बाहेक अन्य कुनै पनि जुलुश तथा ¥यालीहरुमा सहभागी नगराउन पनि सचेत गराइएको छ ।

0 प्रतिकृया:

Post a Comment