राजवंशी परिषद् गठन

दमक, ९ जेठ/ मञ्च सम्बद्ध संघीय लिम्बूवान राज्य परिषद्ले संघीय राजवंशी स्वायत्त परिषद् गठन गरेको छ ।
मेरी राजवंशीको अध्यक्षतामा भएको भेलाले मानबहादुर राजवंशीको अध्यक्षतामा राजवंशी परिषद् गठन गरेको हो । परिषद्को प्रथम उपाध्यक्ष जयकुमार राजवंशी, द्वितीय उपाध्यक्ष भिमिलेशकुमार, तृतीय उपाध्यक्ष धिरेनकुमार, सचिव गोपीनाथ, सह–सचिव बिजय र कोषाध्यक्षमा अनिल राजवंशी रहेका छन् । परिषदको केन्द्रीय जनसंगठन सचिवमा छविलाल र प्रचार–प्रसार सचिवमा चन्द्रप्रसाद राजवंशी चयन भएका छन् । समिति १ सय ५० जनाको रहेको छ ।
संघीय महिला परिषद्की केन्द्रीय अध्यक्ष शान्ता योङ्हाङ्को प्रमुख आतिथ्यमा भएको भेलामा परिषद्का केन्द्रीय सदस्य धनराज सुब्बा, जिल्ला युवा ईन्चार्ज देवु गड्शन, शिक्षक परिषद्का जिल्ला अध्यक्ष राजु सुब्बा, महिला परिषद् जिल्ला अध्यक्ष बविता थापा राई लगायतले बोलेको महिला परिषदकी नगर अध्यक्ष मनिसा एवाई महिमाले जानकारी दिइन् । कार्यक्रममा आकाश घिमिरेले स्वागत मन्तव्य राखेका थिए ।

0 प्रतिकृया:

Post a Comment