होटल व्यवसायीहरुको जोड

उर्लाबारी÷होटललाई स्वच्छ व्यवसायका रुपमा साचालन गरिनुपर्ने उर्लाबारीका होटर व्यवसायीले बताएका छन् । होटल तथा पेय पदार्थ व्यवसायी संघ उर्लाबारीको १३ औं स्थापना दिवसको अवसरमा मंगलबार मोरङको उर्लाबारीमा आयोजित कार्यक्रमका वक्ताले सो कुरा बताएका हुन् ।
संघका सल्लाहकार मनोहरी दाहालले होटल व्यवसायका नाममा अनैतिक कि्रयाकलाप गराउनेले छुट पाउन नहुने बताए । संघका सदस्य मुक्ती न्यौपानेले राज्यले निषेध गरेका कि्रयाकलाप होटल व्यवसायभित्र भएमा सङ्गठनले विरोध गर्नुपर्ने उल्लख गरे ।

0 प्रतिकृया:

Post a Comment