मेलाबाट पाँच पक्राउ

पाँचथर÷मेलाको अवसर छोपी स्थानीयलाई ठग्दै गरेको अवस्थामा प्रहरीले पाँच भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्लाष्टिकका फूल बिक्री गर्ने बहानामा स्थानीय पसलहरुबाट रकम ठगी गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीहरुले स्थानीय बासिन्दाबाट ठूलो रकम ठगी गरेको पाइएको छ । प्रहरी निरीक्षक याम पौडेलले पक्राउ परेका भारतीय नागरिकहरुको बारेमा छानबिन भइरहेको बताए ।
पक्राउ पर्नेहरुमा भारतीय नागरिक सुन्दर िसंह भीम िसंह चन्द्रमान िसंह गजु िसंह र मंगल िसंह रहेको प्रहरीले जनाएको छ । अनुसन्धानपछि ठगी मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ ।

0 प्रतिकृया:

Post a Comment