अधिक मदिरा सेवनले मृत्यु

उर्लाबारी÷अत्याधिक मादक पदार्थ सेवन गरेका कारण एक रिक्सा मजदुरको मृत्यु भएको छ । झापाको महारानीझोडा-२ घर भई दमक-१५ मा बस्दै आएका करिब ६० बर्षीय हेमबहादुर पौडेलको सोमबार राति उर्लाबारीस्थित मधुमल्ला बस स्टेण्डमा मुत्यु भएको प्रहरीले जनाएको छ ।
अत्याधिक मादक पदार्थ सेवनको कारण पौडेलको मुत्यु भएको अनुसन्धानको क्रममा खुलेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । घोप्टो परेर दुबै हात आफ्नै शरीरले थिचेको नाक र दाँत भाँचिएको र मुखबाट रगत बगेको अवस्थामा पौडेलको शव फेला परेको थियो ।
उनी चार दिनदेखि उर्लाबारीमा रिक्सा चालकको रुपमा काम गर्दै आएका थिए । अत्याधिक मदिरा सेवन गरेका कारण भुइंमा लडेपछि ढुङ्गामा ठोक्किएर उनको मृत्यु भएको प्रहरीको आशंका रहेको छ ।

0 प्रतिकृया:

Post a Comment