कालिका उच्च मा.वि.ले उपाधी जित्यो

उर्लाबारी÷सहिद दिवसको अवसरमा मोरङको उर्लाबारीमा साचालित अन्तर माध्यमिक र उच्च मा।बि। स्तरीय भलिबल प्रतियोगिताको कालिका उच्च मा।बि। टाँडीले हात पारेको छ ।
आदर्श क्लब उर्लाबारी-१ को आयोजनामा स्थानीय सप्तकोशी उच्च मा।बि।sाे मैदानमा साचालित सो प्रतियोगिताको सोमबार सम्पन्न फाइनल खेलमा राधिका उच्च मा।बि। उर्लाबारीलाई हराउँदै उपाधी हात पारेको हो । खेलको पहिलो सेटमा २३-२५ को अन्तरले पराजित भएको कालिका उच्च मा।बि।ले दोस्रो तेस्रो र चौथो सेटमा क्रमश ः २५-१७ २५-१७ र २५-१६ ले हराउँदै एक सेट बाँकी हँुदै उपाधी माथी कब्जा जमाएको थियो ।
उपाधीसँगै कालिकाले नगद शिल्ड मेडल र प्रमाणपत्र हात पार्न सफल भयो भने उप-बिजेता राधिकाले पनि नगद शिल्ड मेडल र प्रमाणपत्र हात पारेको थियो । सो खेलको म्यान अफ दी म्याच कालिका उच्च मा।बि।sा राजु श्रेष्ठ घोषित भए । सर्वोत्कृष्ट खेलाडी भने राधिका उच्च मा।बि।sा सूर्य भण्डारी भए । त्यस्तै मनोहर जनता उच्च मा।बि। मधुमल्ला अनुशासन टिम घोषित भयो । सोही अवसरमा भलिबलका पूर्व राष्ट्रिय खेलाडी विरबल थापा सहित ६ जनालाई सम्मान गरिएको छ ।
नेपाली कांग्रेसका उर्लाबारी नगर सभापति समेत रहेका थापासहित प्रेम डाँगी बम डाँगी सुरबिर कार्की अमर धिमाल र यादव दाहाललाई सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

0 प्रतिकृया:

Post a Comment