प्रतिक्रान्तिकारी र जनविद्रोहको संघारमा मुलुक - दोस्रो लेख

निधिरत्न अधिकारी
प्रतिक्रान्ति भनेको सयौँ वर्षदेखि नेपाली राजनीतिको अग्रभागमा रहेर जनता र देशको नाम बेचेर अचुक सम्पत्ति आर्जन गर्ने सम्भ्रान्त कुलिन वर्ग सामन्त साम्राज्य र विस्तारवादका आसे पासहेरु अनि तिनका चिल्ला सुकिला सल्लाहकार र वुद्धिजीविहरु र मैला धैला क्रान्तिको विगुल फुक्ने देश र जनताको समग्र संवृद्धिको सपना देख्ने क्रान्तिका अगुवाहरु त्यसमा चलायमान कार्यकर्ता शुभ चिन्तक जनताको अन्तरद्वन्द्वको चरम उत्कर्ष रुप नै प्रतिक्रान्ति हो । भने जनविद्रोह भनेको त्यहीँ क्रान्तिको सपनामा रमाईरहेका त्यसैको आडमा जनजिवीकामा जीवन व्यतित गर्नेहरु जुन करौडौँ संख्याहरुमा उक्त मुद्दा पूरा गर्न त्यसलाई जिवनको यथार्थता विपनामा ढाल्नको लागि ति भोका पेटहरुको ज्वारभाटा रुपी सडक यात्रा जसले तिनै कुलीन र सम्भ्रान्त वर्गको चिहान खन्ने अन्तिम निष्कर्षको चरमउत्कर्षको रुप जनविद्रोह हो । शान्ति संविधान लोकतन्त्र गणतन्त्र भित्रको सारतत्व के मा निर्भर रहेको छ यो मुलुक चलाउँछौँ भनेर ठेक्का लिने ठेकेदारहरुलाई त्यो सारतत्व कुन कुरामा अडेको छ भनेर ज्ञान छैन । हाम्रो नेपाली उखान छ । ूनबिराउनु नडराउनुू ठूला-ठूला शङ्का गर्नैपर्दैन । अर्को हाम्रो उखान छ ूजो चोर उसैको ठूलो स्वरू हाम्रो नेपाली उखान पनि यस्तो छ । हाम्रो हेराई र बुझाई पनि यस्तै छ । जसले देश जनता शान्ति संविधान मुलुकको प्रगति उन्नति संवृद्धि विकास आदि जस्ता नारा दिएर आजको नेपाली एजेण्डाहरु बहसमा आएका छन् । पहिलो प्रश्न ती सबै एजेण्डामा सहमत नहुने को-को र कुन-कुन पार्टीहरु छन् यो प्रश्नको पछाडि कारणहरु छन् । शान्ति र संविधान त्यहीँ अगाडि उल्लेखित परिभाषा अनुसार टुंग्याउने शर्त यो भन्ा झण्डै पाँच वर्ष अगाडि यो देशका पार्टी र त्यहाँ रहेका नेतृत्व गणहरुले प्रतिबद्धता जाहेर गरेको हो कि होइन कुन कुरामा र कुन कुराले रोकेको छ त्यो प्रतिबद्धता पूरा गर्नलाई यति लामो समय सम्म यो मुलुकको क्यान्सर रोग निको पार्ने औषधि सबैका फरक-फरक हुन्छन् हामी नेपाली जनजिब्रोले एउटा रोग औषधी सबैको साझा र एउटै हुनपर्छ भन्ने कुरामा कुनै अरु विकल्प छैन । कसैको दुईमत हुन सक्दैन ।
यहीँ हेराई र बुझाईको पृष्ठभूमिबाट
मूल्याङ्कन गर्दै उक्त देशमा लागेको आगो क्यान्सर रोगको औषधि र आगो निभाउने पानी सबैको एउटै नभएको कुरा बकम्फुसे रोड्याई घुर्कि धम्की चेतावनी आदि जस्ता असोभनीय अ-वैज्ञानिक रातो दिनको बहसले मुलुकवासीहरु अति नै वाक्क दिक्क र आक्रान्त बनेका छन् । यदि यहीँ कुराको निरन्तरता भइरहने हो भने लाखौँ चिल्लाहरुको विरुद्धमा करौडौँ मैला धैलाहरु सडक तताउने मनस्थितिमा पुग्न लाग्दा आखिर तिनै नेपाली-नेपाली बीचको मारा-मार फेरि दोहोरिने प्राय निश्चित छ । रहरले कोही पनि सडकमा जादैँन । सडकमा उत्रनु बाध्यता हुनेछ । त्यति बेला देश जनता शान्ति संविधान समृद्धि विकास आदि गरिएका नारा बोक्ने नेतृत्व पार्टीहरुले कसलाई साथ दिन्छन् त्यहीँ त्यतिबेला नै उनीहरुसँग नेपाली जनताको राम्रो परिचय खुल्ने छ । एक जना नेपाली कविले नेपाली राजतन्त्रकै शासनकालमा नेपाली पाठ्य पुस्तकमा भनेका छन् । कविताको रुपमा -
ूहुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुईचार सपुत मरेर नगएू
यो भनाई अति नै सान्दर्भिक वैज्ञानिक र नेचरल तथ्य हो । यो त एउटा तथ्यगत उदाहरण मात्र हो । लगभग २४० वर्षको अनवरत अहिले २०६८ सालको अन्त्य-अन्त्य तिर हिँड्दैै गर्दा सम्मकेा राजनीतिक खिचातानीले नेपाली जनताको २५ औँ हजारको बलिदानी रगत बगिसकेको छ । तर पनि यहीँ खिचातानीको अवस्था कायम रहीरहे यस्तो तथ्य हुनेछ -
ूहुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन नेपाल एक दुई लाख मानिस शहिद नभएू
हुन त विश्व इतिहासको तथ्य यो अवश्य हो । तर यो रहर होइन । बाध्यता हो । यस कुरामा जसले सहादत प्राप्त गर्छ । उसले संसार जितैरै छोड्छ । तर सुन महामहिम हो । कति खेल्छौ नेपाली रगतमा होली ! कहिले सम्म गर्छौ नेपाली त्याग र पसिनासँग खेलावाड एउटा गरीब नेपाली नागरिकले एउटा सन्तान जन्माई हुर्काई ठूलो भए पछि बुढेसकालको सहाराको सपना बुन्दै गर्दा तिम्रो गोली बारुद्धको खजाना बनाईदिँदा तिमी नरभक्षी शासकहरु त्यहीँ नेपाली अभिभावक जस्तो भएर एकछिन टाउकामा हात राखेर सोच त ! त्यो अवस्थामा कति मूल्य चुकाउनु पर्दो रहेछ त्यो गरीब नेपाली अभिभावक तिमी जस्तै मानिस त हो नि । तिमीलाई त्यो ठाउँसम्म पुर् याउने इतिहासबाट पाठ नसिक्दा यथोचित रुपमा समय सापेक्ष समाज विज्ञानको गतिलाई अध्ययन गरी पकड्न नसक्दा नेपालमा पटक-पटक भएका परिवर्तनहरुलाई संस्थागत हुन सकेनन् । जसले जुन प्रकारको भूमिका खेले पनि अबको नेपाल नेपाली जनताको जीवनस्तर विश्वमा हाम्रो परिचय हाम्रो आफ्नै नेपालीपन अनुसारको स्वाधिन अर्थतन्त्र वैदेशिक लगानी होस या राष्ट्रिय पुँजीको संरक्षित लगानी होस त्यसलाई पूर्ण राष्ट्रिय स्वाधिनता भित्रको हाम्रो आत्मानिर्णय सहितको अधिकार प्रत्योयोजन हुने तरिकाले लगानीमा राज्यले प्रो_ित्साहित गर्न सक्नुपर्दछ । वैदेशिक लगानीमा रमाउने अनि त्यसलाई आफ्नो सृजनशीलतामा प्राकृतिक स्रोत र साधनमा अधिक उत्पादनको लागि प्रयोग गर्दै आफ्नो खुट्टामा उभिने खालको अर्थतन्त्रको विकास गर्ने तिर जोड नदिने हो भने र जसको नुन खाइयो उसैको सोझो गर्ने परिपाटी भ्रष्टाचार कमिसनतन्त्रमा यो देशका टाठा-बाठा हौँ भन्नेहरु त्यहीँ हिजोको यथास्थितिमा रमाउने चाल रचेर अगाडि बढ्ने मनस्थिति बनाए भने मुलुक हिजो भन्दा अझ हरि कङ्गाल बन्ने छ । त्यसको प्रतिफल विशाल जनविद्रोह यो मुलुकले अवश्य खेप्नुपर्ने अनिवार्य बाध्यता हुने छ । जनता र देशको उत्थान गर्छौँ भनेर राजनीति गर्नेहरु जसले आजसम्म यो देश र जनतालार्य कङ्गाल बनाए त्यो वर्गलाई ति करौडौँ गरीब झुप्राहरुको व्यथा थाहा हुनै सक्दैन । जसले उक्त सर्वहारा गरीब झुप्राका व्यथा सम्बोधन गर्न कसरी सक्छ ूखुकुरीको चोट अचानोलाई मात्र थाहा हुन्छू। नेपालमा भएका आन्दोलन जनविद्रोह युद्ध आदि जति पनि भएका छन् र त्यसले एउटा परिवर्तनको दिशा लिन खेाजेको थियो र छ । त्यो कुनै शासकलाई सोधेर पात्रो हेरि साइत जुराएर भए गरेका होइनन् । सर्वोच्च न्यायालय भनेर भगवानको रुपमा हेरिन्छ । भगवान हो भने सबै नेपालीको मन जित्न सक्नुपर्छ पर्दैन खोई यहाँ न्याय यदि सर्वोच्चले उचित न्याय दिएको भए देश र जनताको हालत आज यहीँ अवस्था हुन्थ्यो कसका लागि र कसले बनाएको हो न्यायलय राष्ट्रियता स्वाधिनता स्वतन्त्रता सार्वभौमिकता सामाजिक न्याय मानव अधिकारको यथोचित संरक्षण आर्थिक विकास राष्ट्रको समग्र सम्वृद्धि नागरिक माथि राज्यको समान व्यवहार राष्ट्र उत्थानमा नेपाली-नेपाली बीच भावनात्मक एकता आत्मानिर्णयको अधिकार प्रत्यायोजन हुने खालको प्रावधान सहितको नेपाली जनसंविधानमा लेखिनु पर्ने आजको म्याण्डेड हो । यसलाई घुमाई फिराई ूरुम्जाटारूको रणनीति अख्तियार गरिँदै छ । यसको उपलब्धी मुलकमा रक्तपात हुने छ । होसियार ।

0 प्रतिकृया:

Post a Comment