पौडी खेल्दा मृत्यु

सुरुङ्गा÷कन्काई खोलामा पौडी खेल्ने क्रममा ढुङ्गामा ठोकिएर एकजनाको मृत्यु भएको छ ।
सुरुङ्गा-४ स्थित कन्काई खोलामा सोमबार पौडी खेल्ने क्रममा झापा शनिश्चरे-१ का २२ वर्षीय निलकुमार सुब्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ढुङ्गामा ठोकिएर गम्भिर घाईते भएका उनको बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो ।
त्यसैगरी आफ्नै घरमा रहेको मिलको फित्तामा परेर झापा भद्रपुर-१३ की एक व्यक्ति घाईते भएका छन् ।
मंगलबार अपरान्ह सो ठाउँका राम कामतीको धान कुट्ने मिलमा परेर बाँया खुट्टा काटिएको हो । उनको स्थानीय अस्पतालमा उपचार हुन नसकी भारतको सिलिगुडी लगिएको प्रहरीले जनाएको छ ।
त्यस्तै झापा टागनडुब्बा-९ का एक बृद्धले मंगलबार बिष सेवन गरी आत्महत्या गरेका छन् । स्थानीय ७० वर्षीय बिन्देश्वर नायकले आफ्नै घरमा बिष सेवन गरेका हुन् । उपचारका क्रममा उनको बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो ।

0 प्रतिकृया:

Post a Comment