रोकिएन हात्तिको उपद्रो

बिर्तामोड÷सोमबार राति आएको जंगली हात्तीले झापाको धाईजन-६ की मनोमया चेम्जोङको घर भत्काएको छ ।
राति १ बजेतिर आएको हात्तीले घर भत्काउँदा ४५ हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हात्तीलाई प्रहरी तथा स्थानीयबासीले धपाएका थिए ।
यसैबीच झापाको चारआली-चन्द्रगढी क्षेत्रको जंगलमा हात्ती बसेर स्थानीयबासीलाई दुःख दिएको जनाउँदै मंगलबार सुरक्षाकर्मीले हात्तीको खोजी गरेका छन् । जिल्ला वन कार्यालयका कर्मचारी वन रक्षक सशस्त्र प्रहरी जनपथ प्रहरी लगायतको टोलीले दिन भर हात्ती खोजे पनि फेला पार्न नसकेको प्रहरीले जनाएको छ ।

0 प्रतिकृया:

Post a Comment