
दमक१५ माघ÷ उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छेदारले निजी क्षेत्रलाई पर्यटन प्रवद्र्धन र जलविद्युतमा लगानी गर्न आग्रह गरेका छन् । पर्यटन प्रवद्र्धन र जलविद्युत उत्पादनको प्रशस्त सम्भावना भएर पनि राजनीतिक स्थायीत्व नहुँदा लगानी हुन नसकेको उनले बताए ।
दमकमा शानिबार आदिवासी जनजाति सांस्कृतिक महोत्सवको उद्घाटनका क्रममा उनले देशको राजनीतिक अस्थितरताका कारण आर्थिक समृद्धि नभएको बताएका छन् । अबको दशक आर्थिक समृद्धिको दशक हुने उनले बताए । देशको दीगो विकासका लागि आर्थिक समृद्धि आवश्यक रहेको बताउँदै...