अफगानिस्तानबाट लावतीको शव ल्याइयो

दमक÷अफगानिस्तानको हेलम प्रोभिन्समा बिद्रोही तालिवान पक्षसँगको भिडन्तका क्रममा एम्बुसमा परी घाइते भइ उपचारको क्रममा मृत्यु भएका बि्रटिस गोर्खा सैनिक जवान सचिन लावतीको शव शनिबार दमकस्थित उनको घर ल्याइएको छ ।

झापाको दमक-११ निवासी लावती सन् २०१० मा घाइते भएका थिए भने डेढ वर्षपछि उपचारको क्रममा लण्डनस्थित बेलायती सैनिक अस्पतालमा गएको जनवरी २ मा उनको मृत्यु भएको थियो ।
मृतक लावतीको शवलाई शनिबार नै क्याप्टेन मुक्ति गुरुङ नेतृत्वको टोलीले बेलायतबाट काठमाण्डौ हुँदै दमकस्थित उनको घर ल्याइपुर् याएको हो । यस अघि लण्डनमा एक समारोहको आयोजना गरी त्यहाँस्थित उनका आफन्त र बि्रगेड अफ गोर्खाजले लावतीमाथि अन्तिम सलामी अर्पण गरेको थियो । शनिबारदेखि उनको शवलाई श्रद्धााजलिका लागि घरमै राखिएको छ ।
सन् २००८ मा भर्ती भएका २३ वर्षीय लावतीको आइतबार आज झापाको लखनपुरस्थित सितापुरीमा बि्रटिस अफ गोर्खाजको एक टुकडीको सलामी र लिम्बू संस्कार अनुसार दाहसंस्कार गरिने पारिवारीक स्रोतले जानकारी दिएको छ । - फोटो पनि छ

0 प्रतिकृया:

Post a Comment