अण्डामा क्यान्सरबाट बचाउन सक्ने गुण – स्वास्थ्य चर्चा

मानिस कमजोर भएमा अण्डा खाने गरेको पाइन्छ । यसरी अण्डालाई शक्ति दिनको लागि प्रयोग गरेता पनि मुटु र क्यान्सरबाट बचाउन सहयोग गर्छ भन्ने थोरैलाई मात्र थाहा छ ।

अमेरिकाको अल्बर्टा विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले काँचो अण्डाको पहेलो भागमा एन्टिअक्सिडेन्ट हुने बताएका छन् । जुन एन्टिअक्सिडेन्टले मुटु र क्यान्सरबाट बचाउन ठूलो सहयोग पु¥याउँदछ ।
अनुसन्धानकर्ताहरुले काँचो, अण्डाको पहेलो भागमा एक स्याउ तुलनामा दोब्बर एन्टिअक्सिडेन्ट हुने सुझाव दिएका छन् । गहुँ वा मकै खुवाइएका पोथीले पारेको अण्डाको पहेलो भागको जाँच गरेका थिए । यसक्रममा अण्डाको पहेलो भागमा ट्राइप्टोफन र टाइरोसिन हुने पत्ता लगाए । यी दुवै एमिनो एसिड
शक्तिशाली एन्टिअक्सिडेन्ट हुन् ।
आर्गनिक रुपमा हुर्काइएको पोथी कुखुरा जसले पर्याप्त भिटामिन र खनिज पाएको हुन्छ । काँचो अण्डाको पहेलो भागमा दुईवटा एमिनो एसिडको खोज हुनु भनेको स्वास्थ्यका लागि अण्डा खानुपर्ने कथनको पुष्टिमा एक कदम मात्र हो । यसमा थप अनुसन्धान आवश्यक छ । यसअघि काँचो अण्डाको पहेलो भागमा एन्टिअक्सिडेन्ट थिएन । अण्डालाई फ्राई वा उमालियो भने त्यसको एन्टिअक्सिडेन्ट गुण करीब आधा घट्छ । माइक्रोवेभ ओभनमा तताइएमा त अण्डाको पोषण  झनै नष्ट हुन्छ । अनुसन्धानकर्ताहरुले दिएको सुझाव अनुसार यदि अधिकतम फाइदा लिने हो भने अण्डाको पहेलो भागलाई सेतो भागसँगै खानु पर्छ । एजेन्सी

0 प्रतिकृया:

Post a Comment