बालिका बेच्ने दुई आरोपी पक्राउ

दमक/ झापाको पृथ्वीनगरकी एक बालिकालाई भारतको वेश्यालयमा लगेर यौन कार्य गराएको भन्दै दमक–१३ की गीता ओझालाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको छ । भारतको दिल्ली पु¥याई जवरजस्ती यौन कार्य गर्न लगाउने आरोपी ओझालाई दमकबाट
पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  काममा लैजाने बहानामा दुई महिना अघि दिल्ली पु¥याईएका उनी गत असार १४ गते भाग्न सफल भएपछि उनले प्रहरीमा उजुरी गरेकी थिईन् । सोही घटनामा संलग्न अर्की आरोपी रीता तिवारीलाई के आई नेपाल बिराटनगरको सहयोगमा समातिएका थिए । रिता लगत्तै पिडीतको उजुरी पछि ओझा समातिएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले द्धय आरोपी विरुद्ध मुद्धा चलाएको जनाईएको छ । सिमावर्ती क्षेत्रबाट यसरी बिभिन्न बहानामा महिलाहरुलाई बेचबिखन गर्ने कार्य नियन्त्रण गर्न प्रहरी लगायतका निकायहरु परिचालित भएपनि अझै त्यस्ता कार्य रोकिन सकेको छैन् ।

0 प्रतिकृया:

Post a Comment