सद्भाव ¥याली गरिने

दमक, ६ जेठ/दमकका राजनीतिक दल तथा बिभिन्न सामाजिक संस्थाहरुले सद्भाव ¥याली गर्ने भएका छन् ।
नेपाली कांग्रेसको क्षेत्रीय पार्टी कार्यालयमा शुक्रबार भएको सर्वपक्षीय भेलाले आगामी जेठ–८ गते दमकको मुख्य चोकमा सद्भाव ¥याली गर्ने निर्णय गरेको हो । कार्यक्रम कांग्रेसका क्षेत्रीय सभापति शेरबहादुर भट्टराईको अध्यक्षतामा भएको थियो । नेकपा एमालेका क्षेत्रीय अध्यक्ष राधाकृष्ण खनालले सञ्चालन गरेको कार्यक्रममा एकीकृत नेकपा माओवादीका क्षेत्रीय ईन्चार्ज गगन पुरीले कार्यक्रमबारे प्रकाश पारेका थिए ।
कार्यक्रममा एकीकृत नेकपा माओवादीका राधा आचार्य, नेपाली कांग्रेसका महासमिति सदस्य पूर्णानन्द शर्मा, नेकपा एमालेका केन्द्रीय अनुशासन आयोगका सदस्य अर्जुन राई, लिम्बूवान मुक्ति मोर्चाका झापा अध्यक्ष देउकुमार नेम्वाङ्, नेपाल मानव अधिकार संगठनका पूर्वाञ्चल संयोजक डा. केपी सुवेदी, दमक उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश प्रसाई, दमक जेसीजका अध्यक्ष प्रकाश अधिकारी लगायतले बोलेका थिए ।
सामाजिक सुव्यवस्था कायम गर्ने तथा आपसी भातृत्व बढाउने ¥याली व्यवस्थापनका लागि माओवादी, कांग्रेस र एमालेका ७÷७ जना प्रतिनिधि रहेको व्यवस्थापन समिति गठन गरिएको जनाईएको छ ।

0 प्रतिकृया:

Post a Comment