पाता कस्ने चेतावनी

भेलामा पार्टी तथा युवा संघका नेताहरुले पार्टीको आन्तरीक जीवन बलियो पार्न उच्च नेताहरुलाई खवरदारी गरेका थिए । एमाले केन्द्रीय सदस्य तथा युवा फाँट ईन्चार्ज योगेश भट्टराईले आगामी पुस्तालाई सग्लो बलियो र चुस्त वा धुजा-धुजा भएको छिन्न-भिन्न पार्टी कस्तो हस्ताण्तरण गर्ने हो त्यो जिम्मा शिर्षस्थ नेताहरुको भएको बताए । कार्यक्रममा दार्चुला जिल्ला कमिटीले नेताहरुलाई दिएको दाम्लो तर्फ संकेत गर्दै उनले पार्टीलाई एकतामा बाँध्न दिएको दाम्लोले कार्यकर्ताको भावनाको कदर नगरे नेताहरुका पाता समेत कस्न सक्ने बताए ।
यस्तै युवा संघका अध्यक्ष महेश बस्नेतले बिगतमा नेताहरुबीचमा देखिएको तिक्तताले कार्यकर्ताहरुका निराशता बढाएको उल्लेख गर्दै कार्यकर्ताको मनोबल उच्च पार्न नेताहरुलाई आग्रह गरे । शान्ति प्रकृया र संविधान लेखन प्रकृयामा हस्तक्षेपकारी भूमिका बढाउन आग्रह गर्दै उनले कार्यकर्ता संरक्षण तर्फ समेत नेतृत्वले ध्यान दिनुपर्ने बताए । कार्यकर्ता भेलाको बन्दशत्र धुलावारीस्थित जेसीज भवनमा हुने युवा संघले जनाएको छ । आज र भोलि चल्ने बन्द शत्रमा युवासंघको राष्ट्रिय अधिवेशन पछिको गतिबिधीबारे समिक्षा हुने र आगामी कार्ययोजना तय गर्ने केन्द्रीय कोषाध्यक्ष निरु पालले जानकारी दिईन् । सम्बोधनका लागि आएका मध्ये पार्टी प्रभावशाली नेता ओली उपाध्यक्ष गौतम युवा फाँट ईन्चार्ज भट्टराई झापामा नैं बसेका छन् भने अन्य नेता काठमाण्डौं फकिएका छन् ।

0 प्रतिकृया:

Post a Comment